Logo

२०८२ कार्तिक १९ गते बुधवार

२०८२ कार्तिक १९ गते बुधवार

केन्द्रीय कमिटी बैठक

आज पनि एमाले केन्द्रीय कमिटी बैठक बस्दै

आज पनि एमाले केन्द्रीय कमिटी बैठक बस्दै


  • 1.5K
    Shares

    आज पनि एमाले केन्द्रीय कमिटी बैठक  बस्दै
    images

    काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ। 

    ललितपुर, च्यासलस्थित केन्द्रीय कार्यालयमा आज बिहान  ११ बजेदेखि बस्ने बैठकमा केन्द्रीय सदस्यहरुले राजनीतिक र साङ्गठनिक प्रतिवेदनमाथि आ–आफ्नो धारणा राख्ने केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। 

    हिजो आफ्नो धारणा राख्न बाँकी केन्द्रीय सदस्यहरुले प्रतिवेदनमाथि आ–आफ्नो धारणा राख्नुहुने छ, उनले भने, त्यसपछि केन्द्रीय सदस्यको रायसहितको निष्कर्ष प्रस्तुत गरिने छ।

    आइतबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव शङ्कर पोखरेलले साङ्गठनिक प्रतिवेदन पेस गरेका थिए। प्रतिवेदनमाथि आइतबार २७ जना केन्द्रीय सदस्यहरुले आ-आफ्नो धारणा राखेका थिए। 

    प्रकाशित मिति :पौष २२ २०८१ सोमवार - १०:४५:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij