Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

चुच्चे नक्शा सहितको पदक र तक्मा वितरण गर्दै राष्ट्रपति, पाउनेको यस्तो छ सूची 

चुच्चे नक्शा सहितको पदक र तक्मा वितरण गर्दै राष्ट्रपति, पाउनेको यस्तो छ सूची 


  • 8.9K
    Shares

    चुच्चे नक्शा सहितको पदक र तक्मा वितरण गर्दै राष्ट्रपति, पाउनेको यस्तो छ सूची 

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले २०७६ का लागि घोषणा भएका ६६३ जनालाई विभूषण, तक्मा र पदक बाँडेको छैटौं दिनमा पुनः अर्का ५९३ जनालाई विभूषण बाँड्ने भएकी छिन् । २०७७ मा विभूषित हुने सूचीमा रहेकाहरूलाई २०७८ वैशाख १ गते पुनः विभूषण दिन शीतल निवासमा कार्यक्रम आयोजना गरिएको गृहमन्त्रालयले जनाएको छ । 

    कोभिड–१९ महामारीका कारण २०७६ सालको असोज ३ गते संविधान दिवसमा विभूषित हुनेको सूचीमा रहेकाहरूले चैत २७ गते विभूषण लिएका थिए । विभूषण वितरणमा २० करोड रुपैयाँ खर्च भएको नयाँ पत्रिका दैनिकले समाचार प्रकाशन गरेको थियो । यतिबेला मुलुकमा पुनः कोभिड–१९ को नयाँ भेरियन्ट फैलने त्रास छ । राष्ट्रपति निवासमा विभूषण बाँड्ने भीडभाड र तामझाम चल्दै गर्दा शुक्रबार नै कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले भीडभाड हुने शैक्षिक संस्थाहरूमा शैक्षिक गतिविधि अनलाइनमार्फत् गर्न सरकारलाई सुझाव दिएको थियो । 

    विज्ञ डा। अनुप सुवेदीले कोभिड–१९ को नयाँ भेरियन्ट छिटो सर्ने र त्यसले घातक असर गर्ने भएकाले सचेत हुनुपर्ने बताउँछन् । तर राष्ट्रप्रमुखले नै भीडभाड र भेलासहितका यस्ता गतिविधि गर्नु कति उचित हो भन्ने प्रश्न उठेको छ । 

    कोभिड–१९ महामारीका कारण २०७६ मा घोषित विभूषण वितरणमा ढिलाइ भएपछि अहिले सम्मान लिने र दिनेले हतारो गरेको टिप्पणी सार्वजनिक वृत्तबाट भइरहेको छ । सरकारको सिफारिशमा राष्ट्रपतिले सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम) – १ जना, प्रसिद्ध प्रबल जनसेवा श्री (द्वितिय)– ४ जना, सुकिर्तिमय राष्ट्रदीप (तृतीय)– ७ जना, सुप्रबल जनसेवा श्री (तृतीय)–८६ जना, किर्तिमय राष्ट्रदीप (चतुर्थ)– ८ जना, प्रबल जनसेवा श्री (चतुर्थ)– २४२ जना, जनसेवा श्री (पञ्चम) – १०४ जनालाई वितरण गर्दैछिन् । 

    गृहमन्त्रालयले २०७६ मा नाम घोषणा भइ २०७७ वैशाख १ मा विभूषित गर्ने तय भएकाले उक्त विभूषणमा अंकित नेपालको नक्सा पुरानै रहेको भन्दै २०७८ वैशाख १ मा विभूषित हुनेहरूलाई लिम्पियाधुरा, लिपुलेक र कालापानी सहित समावेश नक्सा अंकित विभूषणबाट सम्मान गरिने जनाएको छ । 

    त्यस्तै, अलंकारतर्फ राष्ट्र यशोबर्धक – २ जना, नेपाल सेवा प्रवीण– १ जना, समाजसेवा रत्न–११ जना, परम पौरख भाष्कर– १२ जना, नेपाल प्रताप सुभूषण– २४ जना, अति पौरख भाष्कर– २० जना, नेपाल प्रताप आभूषण–१४, महापौरख भाष्कर– १२ जना, नेपाल प्रताप भूषण – १८ जना रहेका छन् । यसका अतिरिक्त राष्ट्रसेवा पदक– २, सुकिर्ति पदक– १२ र प्राकृतिक पीडितोद्दार पदक– १३ जनालाई वितरण गरिदैंछ । 

    सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम) डा. सुन्दुक रुइत तथा प्रसिद्ध प्रबल जनसेवा श्री (द्वितिय) सर्वोच्च अदालतका न्यायाधीश दीपककुमार कार्की, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त नवीन घिमिरे, प्रधान सेनापति पूर्णचन्द्र थापा, सशस्त्र प्रहरीका महानिरिक्षक शैलेन्द्र खनाल सम्मानित भएका छन् ।

    तल दिइएको लिङकमा क्लिक गर्नुहोस् :

    https://drive.google.com/file/d/1969ZEXERjuXGN3eRRTa0xIsb21a0NUYY/view?fbclid=IwAR0Tc7LCDkomE_4OCp_n4AHIkabUut9QAU8yneFw0mzl40z2fosD46NZgew

    प्रकाशित मिति :चैत्र २९ २०७७ आइतवार - १४:०२:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij