Logo

२०८२ कार्तिक १९ गते बुधवार

२०८२ कार्तिक १९ गते बुधवार

रास्वपाले गठन गर्‍यो संविधान परिमार्जन सुझाव कार्यदल

रास्वपाले गठन गर्‍यो संविधान परिमार्जन सुझाव कार्यदल


  • 1.5K
    Shares

    रास्वपाले गठन गर्‍यो संविधान परिमार्जन सुझाव कार्यदल
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी  (रास्वपा)ले ‘संविधान परिमार्जन सुझाव कार्यदल’ गठन गरेको छ ।  प्रमुख सचेतक सन्तोष परियारको संयोजकत्वमा कार्यदल गठन गरिएको पार्टीका कार्यबाहक प्रवक्ता मनिष झाले जानकारी दिए।

    उनका अनुसार कार्यदलले सातवटै प्रदेशमा आवश्यक छलफल गर्ने र सबै सम्बन्धित साझेदार तथा संविधानविद्सँग छलफल गरेर दलको तर्फबाट सार्वजनिक धाराणा बनाइनेछ । कार्यदलमा कान्तिशिखा धिताल,डा. नन्दन यादव,गणेश कार्की,सोभिता गौतम,असिम साह, डा. तोसिमा कार्की, डा. अच्युतम लामिछाने र मेघ आले छन्।

    उक्त  कार्यदलले सातवटै प्रदेशमा गर्ने छलफल कार्यक्रमको संयोजक सोही प्रदेशका पार्टी सभापति रहनेछन् । पार्टी सभापतिको राजनीतिक प्रतिवेदनका आधारमा आगामी कार्यदिशा र कार्यक्रम तालिकामा छलफल हुने जनाइएको छ । यस्तै बैठकमा  पार्टीको केन्द्रीय समिति,सल्लाहकार समिति, सल्लाहकार परिषद् एवं केन्द्रीय विभागको पुनःसंरचनामा छलफल गरिनेछ । 

    यसैबीच रास्वपाको केन्द्रीय समितिको दोस्रो दिनको बैठक जारी छ । दोस्रो दिनको बैठकमा संविधान परिमार्जन र प्रस्तावनाको व्याख्या एवं सर्वाङ्गीण विकासको भावी कार्यदिशाबारे छलफल गरिँदैछ। 

     

    प्रकाशित मिति :पौष २१ २०८१ आइतवार - १३:५७:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij