Logo

२०८२ कार्तिक १९ गते बुधवार

२०८२ कार्तिक १९ गते बुधवार

राजनीति

दश महिनापछि एमाले केन्द्रीय कमिटी बैठक, सूर्य थापा र राजेन्द्र गौतमको संयोजकत्वमा दुई समिति गठन

दश महिनापछि एमाले केन्द्रीय कमिटी बैठक, सूर्य थापा र राजेन्द्र गौतमको संयोजकत्वमा दुई समिति गठन


  • 1.2K
    Shares

    दश महिनापछि एमाले केन्द्रीय कमिटी बैठक, सूर्य थापा र राजेन्द्र गौतमको संयोजकत्वमा दुई समिति गठन
    images

    काठमाडौं । प्रमुख सत्तारुढ नेकपा एमाले केन्द्रीय कमिटीको आठौं बैठक ललितपुरको च्यासलमा सुरु भएको छ । यो बैठक १० महिना लामो प्रतिक्षापछि बसेको हो । २०८० फागुनपछि पहिलो पटक केन्द्रीय कमिटी बैठक राखिएको हो ।

    यो दश महिनाको अवधिमा एमाले एक पटक सत्ता साझेदारको भूमिकामा थियो भने अहिले सत्ताको नेतृत्व गरिरहेको छ । अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्नुपरेका कारण बैठक लामो समय बस्न नसकेको बताएका छन् ।

    प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार पोलिटब्युरो सदस्य सूर्य थापाको संयोजकत्वमा बहस नोट समिति गठन भएको छ । सो समितिको सदस्यमा केन्द्रीय सदस्य विष्णु रिजाल र निरज आचार्य सदस्य छन् ।

    एमालेको विधानमा हरेक ६/६ महिनामा केन्द्रीय कमिटी बैठक बस्नुपर्ने प्रावधान छ । तर एमालेले केन्द्रीय कमिटीको काम सचिवालय बैठकबाटै चलाउँदै आएको थियो । यो केन्द्रीय कमिटी बैठकमा ओलीले राजनीतिक प्रतिवेदन पनि पेश गर्दैछन् ।

    प्रकाशित मिति :पौष २१ २०८१ आइतवार - १३:००:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij