Logo

२०८२ कार्तिक १९ गते बुधवार

२०८२ कार्तिक १९ गते बुधवार

एमाले केन्द्रिय समिति बैठक सुरू

एमाले केन्द्रिय समिति बैठक सुरू


  • 1.0K
    Shares

    एमाले केन्द्रिय समिति बैठक सुरू
    images

    काठमाडौं । सत्तारूढ दल नेकपा एमालेको केन्द्रिय समितिको बैठक सुरू भएको छ ।

    गत पुस १८ गते बसेको सचिवालय बैठकले पारित गरेको पार्टी अध्यक्ष केपी शर्मा ओलीले पेस गर्ने राजनीतिक प्रतिवेदनमाथी बैठकमा छलफल हुनेछ ।

    बैठक बिहान ११स्०० बजेवाट केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा सुरू भएको हो ।
    च्यासलस्थित केन्द्रिय कार्यालयमा बसेको सचिवालय बैठकले पुस २१ र २२ गते बस्ने भनिएको केन्द्रीय समिति बैठकका अजेन्डा पनि तय गरेको थियो ।

    जसअनुसार आजको बैठकमा पेश गरिने राजनीतिक प्रतिवेदनमा देशको पछिल्लो राजनीतिक विषयसहित एमाले र कांग्रेसका बिचको सहकार्यका बिषयमा पनि उल्लेख गरिएको छ । 

     साथै, सरकार गठनयताको ६ महिनाको समीक्षा प्रतिवेदन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिका बिच पार्टीलाई कसरी अघि बढाउने बिषयमा केन्द्रिय सदस्यले आ–आफनो धारणा राख्नेछन् ।

     

    प्रकाशित मिति :पौष २१ २०८१ आइतवार - १२:३९:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij