Logo

२०८२ कार्तिक १९ गते बुधवार

२०८२ कार्तिक १९ गते बुधवार

गोरखा पुगेर बाबुरामले प्रचण्डलाई लगाए खलनायकको आरोप

गोरखा पुगेर बाबुरामले प्रचण्डलाई लगाए खलनायकको आरोप


  • 1.4K
    Shares

    गोरखा पुगेर बाबुरामले प्रचण्डलाई लगाए खलनायकको आरोप
    images

    काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा। बाबुराम भट्टराई संगठन निर्माणको लागि गृहजिल्ला गोरखा पुगेका छन् । बिहीबार भएको नेसपा नयाँ शक्तिका पालुंगटार नगर सम्मेलनले सन्तोष पोखरेलको अध्यक्षतामा २७ सदस्यीय कमिटी घोषणा भएको जानकारी गराएका हुन् ।

    पालुंगटार नगर सम्मेलन भव्य र उत्साहपूर्ण रूपमा सम्पन्न भएको भन्दै प्रचण्डपन्थीहरूले छरेको दुष्प्रचार र भ्रम सार्वजनिक रूपमा निवारण गरेको उनको भनाइ छ । यतिबेला भित्री र बाहिरी तत्वहरूको अनुचित चलखेलबाट देश, लोकतन्त्र र जनजीवन गम्भीर संकटमा परेको बाबुरामले उल्लेख गरेका छन् ।

    उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई लक्षित गर्दै भनेका छन्, ‘त्यसमा गोरखा २ बाट २०७९ मा चुनेर पठाएका जनप्रतिनिधिले समेत एउटा खलनायकको भूमिका खेलिरहेको, अब सचेत जनताले वेलैमा यो सत्यतथ्य बुझ्नुपर्छ ।’

    गएको निर्वाचनमा भट्टराईले नै आफ्नो निर्वाचन क्षेत्र प्रचण्डका लागि छाडेका थिए । तर, अहिले सम्बन्ध बिग्रिएपछि प्रचण्डलाई खलनायकको संज्ञा दिइरहेका छन् ।

    उनले थपे, ‘देश, लोकतन्त्र र जनताको हितमा अग्रगामी विकल्प दिन आवश्यक रहेको लगायतका कुरा बताउन उचित र आवश्यक ठानेको हुँ र त्यसमा म दृढ छु, रहन्छु।’

    प्रकाशित मिति :पौष १९ २०८१ शुक्रवार - १५:५३:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij