Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

केटाकेटी टार्गेटमा पार्ने ‘युके भेरियन्ट’का यस्ता छन् नयाँ लक्षण, बालबालिका उच्च जोखिममा

केटाकेटी टार्गेटमा पार्ने ‘युके भेरियन्ट’का यस्ता छन् नयाँ लक्षण, बालबालिका उच्च जोखिममा


  • 5.9K
    Shares

    केटाकेटी टार्गेटमा पार्ने ‘युके भेरियन्ट’का यस्ता छन् नयाँ लक्षण, बालबालिका उच्च जोखिममा

    काठमाडौं । पछिल्लो समय विश्वभर कोरोना भाइरसको नयाँ स्वरुप तिब्र गतिमा फैलिरहेको छ । नेपालमा समेत तीब्र गतिमा फैलिरहेकाको कोरोना भाइरसको नयाँ स्वरुप (युके भेरियन्ट) संक्रमणबाट साना बालबालिका उच्च जोखिममा परेका छन् ।

    यसअघि एक वर्षमा ६ प्रतिशत बालबालिका संक्रमित भएकोमा पछिल्लो एक हप्तामा दैनिक १५ प्रतिशतसम्म संक्रमण दर पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    हिजो शनिबार तीन सय ३७ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ५२ जना १८ वर्षमुनिका बालबालिका रहेका छन् । यो कुल संक्रमणको १५ दशमलव चार प्रतिशत हो ।

    स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा। समीर अधिकारीले कोरोनाको दोस्रो वेभमा धेरै बालबालिका संक्रमित भएको बताए । उनले भने, ‘१८ वर्षमुनिका बालबालिकाको संक्रमण दर बढ्दै गएको छ । विगतमा बालबालिका बढी संक्रमित हुँदा पाँच प्रतिशत थियो । तर, गएको एक हप्ताको तथ्यांक हेर्दा १५ प्रतिशतसम्म बालबालिकामा कोरोना संक्रमण देखिएको छ ।’

    स्वास्थ्य मन्त्रालयले नयाँ स्वरूपको भाइरस विद्यालय अध्ययन गर्ने बालबालिकाको उमेर समूहमा बढी फैलिएको अनुमान गरेको छ । कोरोनाको पहिलो लहरमा ज्येष्ठ नागरिक र दीर्घरोगी जोखिममा भने दोस्रो लहरमा युवा पुस्ता मात्र होइन बालबालिकासमेत उच्च जोखिममा देखिएका छन् ।

    कोभिड–१९ को दोस्रो लहर सम्भावित जोखिमसहित फैलियो भने अर्को भुमरीको खतरा आउने स्वास्थ्यविदहरुको अनुमान छ ।

    कोरोना भाइरसको पहिलो चपेटाबाट बाहिर निस्कनै लाग्दा नेपालसहित विश्व नै दोस्रो लहरको संघारमा आइपुगेको छ ।
    स्वास्थ्य मन्त्रालयले जनघनत्व बढी भएका स्थानमा दोस्रो लहर टार्नै नसक्ने गरी फैलिन सक्ने भन्दै खतराको घन्टी बजिसकेको जनाएको छ  ।

    हालसम्म दुई लाख ७९ हजार तीन सय ८८ जना कोरोना संक्रमित हुँदा २१ हजार एक सय ९९ जना १८ वर्षमुनिका बालबालिका रहेका छन् । एक हप्तामा मात्रै एक सय २० जना सिकिस्त संक्रमित आइसोलेसनमा भर्ना भएका छन् ।

    त्यस्तै ४४ जना आइसियू र १४ जना भेन्टिलेटरमा छन् । सामान्य लक्षण देखिएका कोरोना संक्रमित घरमै सुरक्षित रूपमा बसेका छन् ।

    अघिल्लो तीन महिनाको तुलनामा संख्यात्मक हिसाबले पछिल्लो एक हप्तायता सिकिस्त संक्रमितको संख्या बढ्दै गएको मन्त्रालयले जनाएको छ । यसको अर्थ, समुदायमा पत्ता लागेकाभन्दा धेरै व्यक्ति संक्रमित भइरहेका छन् भन्ने बुझ्न गाह्रो छैन ।

    नयाँ प्रजातिका लक्षण

    उच्च ज्वरो आउनु, सुख्खा खोकी लाग्नु, सास फेर्न गाह्रो हुनु तथा स्वाद र गन्ध हराउनु पुरानो प्रजातिको कोरोना संक्रमणका लक्षण थिए भने अहिले यी लक्षणमा केही भिन्नता देखिएको जनस्वास्थ्यविदले बताएका छन् ।

    भारतको मुम्बइमा भएको एक अनुसन्धानमा ८० हजार संक्रमितमध्ये ६५ हजार संक्रमित लक्षणविहीन थिए भने ८ हजार व्यक्तिमा सामान्य लक्षण देखिएको थियो ।

    नयाँ प्रजातिको कोरोना संक्रमणमा भोक नलाग्ने, कमजोरी महशुस हुने, आँखा राता हुने, पखाला लाग्ने, बान्ता हुने तथा जाडो हुने समेत पाइएको छ ।

    प्रकाशित मिति :चैत्र २९ २०७७ आइतवार - १३:००:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij