२०८२ कार्तिक १९ गते बुधवार
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली पार्टी कार्यालयबाट हतारहतार निस्किएका ओली त्यसपछि बूढानीलकण्ठस्थित पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको निवास पुगे । दुई घण्टा लामो छलफल एमालेमा विकसित घटनाक्रममै केन्द्रित रहेको ओलीको सचिवालयले जानकारी दिएको छ।
बिहीबार ओलीले यो लगायत कयौँ विषयमा ओलीले बूढानीलकण्ठ गएर विद्या भण्डारीसामु स्पष्टीकरण दिनुपरेको छ । २ घण्टाभन्दा बढी समय विद्याले ओलीलाई आफ्नो निवासमा राखेर उनको शैलीप्रति असन्तुष्टि मात्र होइन आक्रोश नै पोखेकी छन् ।
कुरा स्पष्टै छ कि भण्डारीले एमाले राजनीतिमा सक्रियता बढाएपछि ओली भयभीत छन् । ओलीकै उनकै सहयोगी एवं विश्वासपात्रहरू भण्डारीको पुनरागमनका लागि प्रयासरत देखिएपछि उनी एक्लिँदै पनि जाने सम्भावना बढेको छ ।
करिब दुई घण्टा भएको भेटमा नेकपा (एमाले) को पछिल्लो राजनीतिक गतिविधि र समसामयिक विषयमा छलफल भएको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij