२०८२ फाल्गुण ३० गते शनिवार
कैलाली । कैलालीस्थित कर्णाली चिसापानी पुलबाट हाम फालेका तीन बिद्यार्थीमध्ये एक जना बेपत्ता भएका छन् ।
जिल्लाको लम्किचुहा नगरपालिका २ का १८ वर्षीय सञ्जय खड्का कर्णाली नदीमा बेपत्ता भएका प्रहरीले जनाएको छ । उनले शनिवार दिउँसो कर्णाली पुलबाट हाम फालेका प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पुलबाटै हाम फालेका १८ वर्षीय लोकेश प्याकुरेल घाइते भएका छन् । लम्किचुहा–१ का प्याकुरेललाई उपचारका लागि नेपालगन्ज लगिएको छ ।
उनको छातीमा चोट लागेको प्रहरीले जनाएको छ । उनीहरूसँगै नदीमा हाम फालेका १७ वर्षीय वीरेन्द्र सिंहको अवस्था भने सामान्य छ ।
उनीहरू सबै एकै विद्यालयका कक्षा १० का विद्यार्थी हुन् । उनीहरू शनिवार ८ जनाको समूहमा चिसापानी गएका प्रहरीले बताएको छ । उनीहरूले किन हाम फाले भन्ने विषय भने नखुलेको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij