Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

कांग्रेसलाई सत्ता र महाधिवेशनको चटारो, के मा गाडियो आँखा ? के गर्न हुँदैछ हतारो ?

कांग्रेसलाई सत्ता र महाधिवेशनको चटारो, के मा गाडियो आँखा ? के गर्न हुँदैछ हतारो ?


  • 5.3K
    Shares

    कांग्रेसलाई सत्ता र महाधिवेशनको चटारो, के मा गाडियो आँखा ? के गर्न हुँदैछ हतारो ?

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ ।

    दिउँसो दुई बजे पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा आगामी १४ औं महाधिवेशनको प्राविधिक विषयमा छलफल हुने बताइएको छ । यद्यपी नयाँ सत्ता समिकरणका विषयमा पनि बैठकमा छलफल हुनेछ ।

    नयाँ सरकार समीकरणको नेतृत्व लिने निर्णय गरेको नेपाली कांग्रेसले शुक्रवार माओवादी केन्द्र र जसपासँग गरेको छलफल बिना निष्कर्ष टुङ्गिएको थियो ।

    नयाँ सरकार गठनको मियोको रुपमा देखिएको जसपाका अध्यक्ष महन्थ ठाकुर र प्रधानमन्त्री केपी शर्मा ओलीबीचको निकटता बढेसँगै भावी सत्ता सहयात्राको लागी कांग्रेसलाई कठिन देखिकोे छ । त्यसैले पनि आजको काँग्रेस पदाधिकारी बैठकले के निर्णय लिन्छ चासोको रुपमा हेरिएको छ ।

    कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले पदाधिकारी बैठकमा १४ औं महाधिवेशनको प्राविधि विषयमा छलफल जानकारी दिए । नेपाली कांग्रेस कृयाशील छानविन समितिले चैत १० गते भित्र सबै जिल्लाहरुको सूची पठाउने निर्णय गरे पनि ५० प्रतिशत पनि नआएपछि समय थप गरेर बैसाखको पहिलो साता सम्मको पुन मिति तोकिएको छ ।

    नयाँ सरकार समीकरणको नेतृत्वदेखि भदौमा गर्नै पर्ने महाधिवेशनको चटारोमा परेको नेपाली कांग्रेस आज बस्ने पदाधिकारी बैठकले केही निकाश खोज्ने सहमहामन्त्री महतले बताए ।

    संविधानको धारा २६९ को उपधारा ४ ‘ख’ अनुसार पाँच वर्षभित्र दलले आफ्नो महाधिवेशन समयमा गर्न नसकेमा ६ महिना समय थप्न सक्ने प्रावधान टेकेर कांग्रेसले बर्तमान कार्यसमितिको कार्यकाल भदौसम्मका लागि थप गरेको छ । अब २०७८ भदौ ७ देखि १० गतेसम्म तय भएको कांग्रेस महाधिवेशन सम्पन्न गर्नु पर्ने बाध्यता छ ।

    प्रकाशित मिति :चैत्र २९ २०७७ आइतवार - १२:४१:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij