Logo

२०८२ कार्तिक १९ गते बुधवार

२०८२ कार्तिक १९ गते बुधवार

भीम रावलको टिप्पणी प्रचण्डकै कपीपेस्ट, गालीगलौजले देश बन्दैन : प्रदीप ज्ञवाली

भीम रावलको टिप्पणी प्रचण्डकै कपीपेस्ट, गालीगलौजले देश बन्दैन : प्रदीप ज्ञवाली


  • 2.0K
    Shares

    भीम रावलको टिप्पणी प्रचण्डकै कपीपेस्ट, गालीगलौजले देश बन्दैन : प्रदीप ज्ञवाली
    images

    काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीबाट निकालिएका नेता भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि लगाएका आरोपहरू नेकपाकालमा प्रचण्डको १९ पेज लामो पत्रको कपीपेस्ट जस्तो भएको टिप्पणी गरेका छन् ।

    ललितपुरको च्यासलमा विहीबार बसेको सचिवालय बैठकपछि ज्ञवालीले सञ्‍चारकर्मीले सोधेको प्रश्‍नको जवाफमा यस्तो टिप्पणी गरेका हुन् ।

    उनले भने, ‘नेकपाकालमा प्रचण्डले तत्कालीन अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीमाथि यिनै भाषामा अभियोगहरू लगाउनु भएको थियो । सायद १९ पेजको थियो जस्तो लाग्छ । भीम रावलको हिजोको गालीगलोज पनि एक किसिमको कपिपेस्ट जस्तै हो ।’

    उनले हिजो भीम रावलले ओलीमाथि उठाएका प्रश्नले उनीभित्र कति नकारात्मक कुरा रहेछ भन्ने प्रष्ट भएको बताए ।

    पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकका निर्णय सुनाउँदै पार्टीका उपमहासचिव ज्ञवालीले पुस २१ र २२ गते बस्ने केन्द्रीय कमिटीका निम्ति तयार गरिएको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने निर्णय गरेको जानकारी पनि दिए । उनले राजनीतिक प्रतिवेदनका मुख्य मुख्य विषयहरुमा छलफल भएको पनि बताए ।

    साथै सरकार गठन यताको ६ महिनाको समीक्षा गरिएको र सरकारले ६ महिनामा महत्वपूर्ण उपलब्धि हाँसिल गरेको तर पर्याप्त नरहेको निस्कर्ष पार्टीको रहेको उनले जानकारी दिए ।  नागरिकलाई सेवा प्रवाह, विकास निर्माण, अर्थतन्त्रलाई लयमा फर्काउन सरकारले अझ बढी ध्यान केन्द्रित गर्नुपर्ने उनको भनाइ छ ।

    नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीले तयार पारेको राजनीतिक प्रतिवेदन केन्द्रीय कमिटीमा प्रस्तुत गर्ने निर्णय गरेको छ ।

    प्रकाशित मिति :पौष १८ २०८१ बिहिवार - १६:३६:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij