Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

आज मङलबार, २०८१ पुस १६ गतेको राशिफल

आज मङलबार, २०८१ पुस १६ गतेको राशिफल


  • 5.3K
    Shares

    आज मङलबार, २०८१ पुस १६ गतेको राशिफल

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

    आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । श्रमको उचित मूल्यांकन होला। नयाँ ज्ञान प्राप्त हुने योग छ । पढाइमा राम्रो प्रगति हुनेछ।

    बृष (ई,,,,वा,वी,वू,वे,वो)

    शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्नेछन् । अग्रज तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ ।

    मिथुन (का,की,कू,,,,के,को,हा)

    शुभचिन्तकहरूको मनोभाव विचार गरेर अघि बढ्नुहोला । दोहोर्याएर प्रयास गर्दा रोकिएको काम बन्न सक्छ । आफ्नो सूचना बाहिरिने समय भएकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

    मिहिनेतले सजिलै लक्ष्यमा पुर्याउनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ ।

    सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

    स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला । आफ्ना सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला । सामाजिक कामको जिम्मेवारी प्राप्त हुने समय छ ।

    कन्या (टो,पा,पी,पू,,,,पे,पो)

    न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला । आम्दानी रोकिनाले योजना स्थगन हुन सक्छ । ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ । कामको चाप बढ्नेछ । पहिलेका समस्या दोहोरिनाले अलमल बढ्न सक्छ ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

    अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ । आफन्तसँग असमझदारी एवं पतिपत्नीमा अविश्वास बढ्ने सम्भावना छ । पहिलेका कामबाट आम्दानी भइरहनेछ । व्यवसायमा पनि फाइदै हुनेछ

    बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

    मिहिनेतले काममा पनि सफलता नै दिलाउनेछ । समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ । दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ ।

    धनु (ये,यो,भा,भी,भू,,फा,ढा,भे)

    उपलब्धि हातपार्न बढी श्रम गर्नुपर्ला । अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ। शुभचिन्तकहरूले भने साथ दिनेछन् । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ ।

    मकर (भो,जा,जी,जू,जे,जो,,खी,खू,खे,खो,गा,गी)

    निर्णयले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला । समयमा जुट्न नसक्दा आफ्नो काम रोकिन सक्छ । बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्न सक्छ । आवेशको व्यवहार र असमझदारीले आफन्तजन टाढिन सक्छन् ।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

    यात्राको साइत भने जुर्न सक्छ । पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ । कामको लागत बढ्न सक्छ । तत्काल फाइदा उठाउँदा पछिको लाभांश घट्ने सम्भावना छ ।

    मीन (दी,दू,,,,दे,दो,चा,ची)

    समयमा वचन पुर्याउन नसक्ता आलोचित भइनेछ । द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ । अरूको भरपर्दा काम प्रभावकारी नहुन सक्छ ।

    तपाईको दिन शुभ रहोस् ।

    प्रकाशित मिति :पौष १६ २०८१ मंगलवार - ०२:००:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij