Logo

२०८२ श्रावण ३१ गते शनिवार

२०८२ श्रावण ३१ गते शनिवार

१९ औँ वर्षमा प्रवेश गर्दै ग्लोबल आईएमई बैंक

१९ औँ वर्षमा प्रवेश गर्दै ग्लोबल आईएमई बैंक


  • 2.1K
    Shares

    १९ औँ वर्षमा प्रवेश गर्दै ग्लोबल आईएमई बैंक

    काठमाडौं ।  ग्लोबल आइएमई बैंक आफ्नो स्थापनाको १८ औँ वर्ष पूरा गरी १९ औँ वर्षमा प्रवेश गर्दैछ । व्यावसायिक रूपमा सञ्चालनमा आएको यस बैंक यही पुस १८ गते १८ वर्ष पूरा हुँदैछ ।

    बि.सं २०६३ सालमा १८ औँ वाणिज्य बैंककारुपमा ग्लोबल आइएमई बैंक स्थापित भएको थियो । त्यसबेला बैंकको १ अर्ब ५० करोड चुक्ता पुँजी थियो । विभिन्न बैंक तथा वित्तीय संस्थाहरूलाई मर्जर तथा प्राप्ति गरेको यस बैंक नेपालकै नम्बर वान बैंक बन्न सफल भएको छ ।

    यो १८ वर्षे यात्रामा दिनानुदिन अब्बल बैंक बन्ने बाटोमा अघि बढिरहेको छ । बैंकको ग्राहक सङ्ख्यामा निरन्तर वृद्धि भइरहेको छ । मर्जर तथा व्यवसायको निरन्तर विस्तारले बैंकको ग्राहक सङ्ख्यामा वृद्धि हुँदै गएको हो । हाल यस बैंकको निक्षेप ग्राहक सङ्ख्या करिब ५० लाखभन्दा बढी पुगेको छ ।

    बैंकले ३५४ वटा शाखा, ६८ वटा एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउन्टर, २३७ वटा शाखारहित बैंकिङं सेवा दिइरहेको छ । यससँगै ३८४ वटा एटिएम, विदेशस्थित भारतको नयाँ दिल्ली, संयुक्त अधिराज्य र अष्ट्रेलियामा समेत गरी ३ स्थानमा प्रतिनिधि कार्यालय समेत सञ्चालनमा रहेको छ ।

    बैंकले (शाखा, एटिएम, एक्सटेन्सन काउण्टर, सेवा केन्द्र, विदेशस्थित प्रतिनिधि कार्यालय समेत) करिब ११०० सेवा केन्द्रमार्फत ५० लाखभन्दा बढी सेवाग्राहीहरूलाई सेवा प्रदान गर्दै आएको छ ।

    प्रकाशित मिति :पौष १४ २०८१ आइतवार - १५:०९:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij