Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै, यस्ता छन् बैठकका एजेण्डा

नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै, यस्ता छन् बैठकका एजेण्डा


  • 14.0K
    Shares

    नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै, यस्ता छन् बैठकका एजेण्डा
    images

    काठमाडौँ । सत्ता समीकरण र भोलि बस्ने केन्द्रीय समितिका विषयमा छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ ।

    दिउँसो दुई बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा समसामयिक राजनीतिका विषयमा छलफल हुनेछ । पार्टीको आगामी महाधिवेशनसँगै कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउने विषयमा छलफल सुरु भएकाले यसबारेमा थप छलफल गर्न सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका हुन् ।  

    भदौ ७ देखि कांग्रेसको १४ औँ महाधिवेशन गर्ने मिति तोकिएको छ । पार्टीको महाधिवेशन र आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउन माओवादी केन्द्र र जनता समाजवादी पार्टीले प्रस्ताव गरेकाले कांग्रेसले आन्तरिक छलफल तीव्र पारेको छ ।

    सोही अनुसार आइतबार पदाधिकारी र सोमबार केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो ।  नयाँ सरकार बनाउन कांग्रेसले नेतृत्व लिनुपर्ने विषयमा शुक्रबार देउवा निवास बुढानिलकण्ठमा कांग्रेस, माओवादी र जसपाका शीर्ष नेताबीच छलफल भएको थियो । 

    प्रकाशित मिति :चैत्र २९ २०७७ आइतवार - १०:२९:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij