Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

मन्त्रिपरिषद्का निर्णय : मन्त्रिमण्डल पुर्नगठन

मन्त्रिपरिषद्का निर्णय : मन्त्रिमण्डल पुर्नगठन


  • 5.8K
    Shares

    मन्त्रिपरिषद्का निर्णय : मन्त्रिमण्डल पुर्नगठन

    काठमाडौैं । सञ्चारमन्त्री पार्वत गुरुङले मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरेका छन् । निर्णयअनुसार चुरे विकास समितिको अध्यक्षमा पर्वतका डा किरण पौडेल तथा सदस्यहरुमा दोलखाकी कमला ओली शिवाकोटी, महोत्तरी शशीकुमार शर्मा, कपिलवस्तुका भेषराज आचार्य र काठमाडौं सुष्मित ढकाल नियुक्त भएका छन् ।

    त्यस्तै विज्ञापन बोर्डको अध्यक्षमा काभ्रेका लक्ष्मण हुमागाईलाई लिइएको छ । नेपाल र ओमानबीच पर्यटन क्षेत्रमा सहयोग आदानप्रदानसम्बन्धि समझदारीपत्रमा हस्ताक्षरका लागि स्वीकृती दिएको छ ।

    पत्रकार सम्मेलनमा मन्त्री गुरुङले मन्त्रिमण्डल पुर्नगठन गरिएको र सांसदबाट हटेका चार मन्त्रीलाई पुनः तिनै मन्त्रालयमा नियुक्त गरिएको जानकारी दिए । उनीहरुको आजै चार बजे सपथग्रहण राखिएको छ ।

    टोपबहादुर रायमाझीलाई उर्जा, लेखराज भट्टलाई उद्योग, प्रभु शाहलाई सहरी विकास तथा गौरीशंकर चौधरीलाई श्रम मन्त्रालयमा फेरि नियुक्त गरिएको छ । सांसद नरहेको अवस्थामा संविधानको नयाँ दफाअनुसार उनीहरुलाई मन्त्रीमा पुर्ननियुक्ति गरिएको हो ।

    प्रकाशित मिति :चैत्र २७ २०७७ शुक्रवार - १६:३९:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij