Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

'राष्ट्रिय अनुसन्धानको इन्स्पेक्टर हुँ' भन्दै ठग्ने युवक पक्राउ

'राष्ट्रिय अनुसन्धानको इन्स्पेक्टर हुँ' भन्दै ठग्ने युवक पक्राउ


  • 7.0K
    Shares

    'राष्ट्रिय अनुसन्धानको इन्स्पेक्टर हुँ' भन्दै ठग्ने युवक पक्राउ

    काठमाडौं । 'राष्ट्रिय अनुसन्धानको इन्स्पेक्टर हुँ' भनेर ठग्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

    महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले ओखलढुंगाको सुनकोसी गाउँपालिका–२ घर भएका कुमार खड्का उर्फ विष्णुलाई पक्राउ गरेको हो । ३५ वर्षीय विष्णुलाई बिहीबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल नजिकैबाट पक्राउ गरिएको हो ।

    उनले आतंकवाद र तराईको भूमिगत समूहको सूचना सरकारलाई आफुले नै दिने गरेको भनेर भ्रम छर्ने गरेका थिए । राअवीको इन्सपेक्टर र प्रहरीको विशेष ब्यूरोको सूचक समेत हुँ भन्दै हिँडेको सुराकको आधारमा उनलाई पक्राउ गरिएको परिसर काठमाडौंका एसएसपी अशोक सिंहले बताए ।

    'राष्ट्रिय अनुसन्धानको इन्सपेक्टर हुँ नि झुक्यानमा पारेर अनुचित लाभ लिने गरेको देखिन्छ' एसएसपी सिंहले भने–'उनीमाथि थप अनुसन्धान गरिरहेका छौं ।'

    प्रकाशित मिति :चैत्र २७ २०७७ शुक्रवार - १६:२२:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij