Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

ढुंगाले किचेर मोरङमा एक महिलाको मृत्यु

ढुंगाले किचेर मोरङमा एक महिलाको मृत्यु


  • 4.6K
    Shares

    ढुंगाले किचेर मोरङमा एक महिलाको मृत्यु

    विराटनगर । मोरङको केराबारी गाउँपालिका–८ स्थित खदम खोलाको बगरमा ढुंगाले  किचेर शुक्रबार दिउँसो एक महिलाको मृत्यु भएको छ ।

    केराबारी–८ की ५० वर्षीया कुमारी लिम्बूले ढुंगाले किचेर घटनास्थलमै मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए ।

    उनका अनुसार मृतक महिला खोलाको बगरमा रहेका ढुंगा टिप्ने र बिक्री गर्ने काम गर्थिन् । बिक्रीका लागि साना ढुंगा भेला पार्दै गर्दा त्यहीँ ढिस्कोमा अडिएर रहेको ठूलो ढुंगा एक्कासि पल्टिएर लिम्बूलाई किचेको राईले बताए । 

    ‘साना ढुंगाको आडमा अडिएर ढिस्कोमा ठूलो ढुंगा बसेको रहेछ,’ उनले भने, ‘घटनास्थलको प्रकृति हेर्दा सानालाई बाहिर निकाल्न खोज्दा ठूलो ढुंगो पल्टिएर किचेपछि महिलाले भाग्ने मौकै नपाएको देखिन्छ ।’ 

    शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगेर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । 

    प्रकाशित मिति :चैत्र २७ २०७७ शुक्रवार - १६:१२:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij