२०८२ माघ १३ गते मंगलवार
काठमाडौं । ३ बजेका लागी बोलाईएको बैठकमा एक घण्टा ढिलो गरि जसपाका नेता कांग्रेस सभापति शेर बहादुर देउवाको घरमा पुगेका छन्। सत्ता समीकरणका लागि काँग्रेस सभापति देउवाले बोलाएको तीन दलको छलफल जसपाका नेताहरु ढिला गरी पुगे पछि बैठक बल्ल सुरु भएको छ ।
नयाँ सत्ता समिकरणका लागि भन्दै देउवाले बोलाएको छलफलमा सहभागी हुन हिँडेका जसपाका नेताहरु बाटोमै छलफल गर्न बसेका थिए । बैठकमा एउटै स्वर राख्नका लागि उनीहरु बीच बाटोमै छलफलमा जुटेका हुन् ।
स्रोतका अनुसार जसपाका अध्यक्ष डा. बाबुराम भट्टराई, अर्का अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, बरिष्ठ नेता राजेन्द्र महतो र अर्का नेता अशोक राई बूढानीलकण्ठ छेउछाउमै छलफलमा बसेका थिए । आजको बैठकले ओलीलाई कसरी हुन्छ बिधाई गर्ने निर्यण गर्ने श्रोतको भनाई छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij