२०८२ श्रावण ३१ गते शनिवार
काठमाडौं । नेपाल एसबिआई बैंकको लुम्बिनी प्रदेश कार्यालय स्थानान्तराण हुने भएको छ ।
हाल बाँके, नेपालगन्ज उपमहानगरपालिका वडा नं. १२ मा रहेको प्रदेश कार्यालय स्थानान्तरण हुन लागेको हो ।
कार्यालय यही महिनादेखि सिद्धार्थनगर नगरपालिका वडा नं. ८ नारायणपथ रुपन्देही (हाल भैरहवा शाखा सञ्चालन भइरहेको ठाउँ)मा सर्ने बैंकले जनाएको छ ।
प्रदेश कार्यालयसम्बन्धी सबै कामकाज नयाँ ठाउँबाट हुने पनि बैंकले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij