२०८२ माघ १३ गते मंगलवार
काठमाडौँ । काँग्रेस सभापति शेरबहादुर देउवाले तीन बजेका लागि बोलाएको बैठकमा नपुग्दै जनता समाजवादी (जसपा)का नेताहरु बाटोमै छलफल गर्न बसेका छन् । बैठकमा एउटै स्वर राख्नका जसपाका अध्यक्ष डा. बाबुराम भट्टराई, अर्का अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, बरिष्ठ नेता राजेन्द्र महतो र अर्का नेता अशोक राई बूढानीलकण्ठ छेउछाउमै छलफलमा बसेका हुन् ।
आपसी छलफल सकेर साढे चार बजेसम्म देउवा निवास बूढानीलकण्ठ पुग्ने जसपा स्रोतले जनाएको छ । नयाँ सत्ता समीकरणका लागि काँग्रेस सभापति शेरबहादुर देउवाले माओवादी केन्द्र र जसपासँग छलफल गर्न लागेको हो ।
श्रोतका अनुसार ओलीलाई सत्ता बाट हटाउन भन्दा पनि मध्यावधि चुनाबमा जान देउवाले रहर गरेका छन्। यतिबेला देउवा निवासमा प्रचण्ड,कृष्ण बहादुर महरा,नारायणकाजी श्रेष्ठ र देव गुरुङ पुगिसकेका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij