Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

ओलीलाई ओराल्ने बैठकमा प्रचण्ड तीन भाई लिएर पुगे देउवा निवास, जसपाका नेता कता भए गायब ?

ओलीलाई ओराल्ने बैठकमा प्रचण्ड तीन भाई लिएर पुगे देउवा निवास, जसपाका नेता कता भए गायब ?


  • 5.6K
    Shares

    ओलीलाई ओराल्ने बैठकमा प्रचण्ड तीन भाई लिएर पुगे देउवा निवास, जसपाका नेता कता भए गायब ?

    काठमाडौं । ओलीलाई सत्ता बाट ओराल्न निर्णायक वार्ता गर्ने भनेर कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको बैठक सुरुहुने तरखरमा छ। नयाँ सत्ता समीकरणका लागि काँग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको तीन दलको छलफल जसपाका नेताहरु नपुग्दा सुरु हुन ढिलाई भएको छ ।  बैठकमा सहभागी हुन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र काँग्रेसका पदाधिकारी तथा पूर्व पदाधिकारीहरु निर्धारित समयमै बुढानिलकण्ठ पुगे पनि जसपाका नेताहरु अझै पुगेका छैनन् ।

    प्रचण्डसँगै नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा र देव गुरुङ बुढानिलकण्ठ पुगेका हुन् । त्यस्तै काँग्रेसका शीर्ष नेता पनि देउवा निवास पुगिसकेका छन् ।  सभापति देउवाले शुक्रबार दिउँसो ३ बजेका लागि तीन दलको बैठक आफ्नै निवास बुढानिलकण्ठमा बोलाएका थिए ।

    केपी शर्मा ओली नेतृत्वको सरकारको विकल्पमा तीन दलबीच गठबन्धन गरेर नयाँ सरकार गठनका लागि छलफल गर्न देउवाले अग्रसरता लिएका हुन् । तर जसपाका नेता बुढानिलकण्ठ नपुगेकाले छलफल सुरु नभएको काँग्रेसका एक नेताले जानकारी दिए । जसपाका नेताहरु केही बेरमा देउवा निवास पुग्दैछन्।

    प्रकाशित मिति :चैत्र २७ २०७७ शुक्रवार - १५:४२:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij