Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

ललिता निवास जग्गा प्रकरणमा ‘फरार’ भएका गच्छादारको मुद्दा पेसीमा चढ्यो, अब के हुन्छ ?

ललिता निवास जग्गा प्रकरणमा ‘फरार’ भएका गच्छादारको मुद्दा पेसीमा चढ्यो, अब के हुन्छ ?


  • 6.0K
    Shares

    ललिता निवास जग्गा प्रकरणमा ‘फरार’ भएका गच्छादारको मुद्दा पेसीमा चढ्यो, अब के हुन्छ ?

    काठमाडौँ । बालुवाटार स्थित ललिता निवास जग्गा प्रकरणमा नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छादार एक वर्षपछि विशेष अदालत म्याद तामेलीको बारेमा निर्णय गर्न पेसीमा चढाएको छ। विशेष अदालतको भ्रष्टाचार मुद्दामा ‘फरार’ भएको भन्दै उनको निवास सुनसरी पुगेर म्याद तामेली गरेको थियो।

    अस्ति फागुन २३ गते उनको घरमा जिल्ला अदालतका कर्मचारीले म्याद तामेली गरेका थिए। म्याद तामेल भएको ३० दिन नाघिसक्दा पनि उनी हाजिर नभएको र तामेल भएको म्यादमा छाप नभएकाले साधसोधका लागि पेसीमा चढाइएको हो। विशेष अदालतका अध्यक्ष प्रेमराज कार्की र न्यायाधीश बालेन्द्र रुपाखेतीको इजलासमा पेसी राखिएको छ।

    इजलासले उक्त म्याद तामेलीलाई सदर गर्ने कि बदर गर्ने निर्णय गर्नेछ। सदर गरेमा उनले म्याद गुज्रेको ठहर हुनेछ। बदर गरेमा पुनस् म्याद तामेलीको प्रक्रिया सुरु हुनेछ। म्याद जारी गरेको एक वर्षसम्म पनि उनी उपस्थित नभएको अदालतले घरमा टाँस गरेको थियो। गत वर्ष फागुनमा विशेषले १५ दिनभित्र अदालत उपस्थित हुनु भनी म्याद पठाएपनि तामेल हुन नसक्दा वेपत्ते म्याद तामेली भएको थियो।

    बालुवाटारको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा २०७६ माघ २२ गते गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको ११३ रोपनी सरकारी जग्गा कीर्ते गरी व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा चार मन्त्री र तीन पूर्वसचिवसहित १ सय १० जनालाई भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

    यीमध्ये पूर्वमन्त्रीहरु चन्द्रदेव जोशी, छविराज पन्त हाजिर भएका छन्। विशेषले जोशीलाई साधारण तारेखमा रिहा गर्‍यो भने पन्तसँग पाँच लाख धरौटी माग गरेको थियो। विशेषले प्रतिवादी बनाएकामध्ये ‘हाइप्रोफाइल’ पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका उपसभापति गच्छदार र रामकुमार सुवेदी अझै फरार रहेका थिए। अदालतले वैशाख दोस्रो सातासम्म उपस्थित नभएमा सार्वजनिक सूचना जारी गर्ने तयारी गरेको थियो।

    प्रकाशित मिति :चैत्र २७ २०७७ शुक्रवार - १४:५७:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij