Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

मैले भन्या प्रचण्डले नमान्दा ओलीले उनलाई लात मारे भन्दै देउवाले प्रचण्डलाई किन भने खुच्चिङ्ग पर्यो 

मैले भन्या प्रचण्डले नमान्दा ओलीले उनलाई लात मारे भन्दै देउवाले प्रचण्डलाई किन भने खुच्चिङ्ग पर्यो 


  • 6.0K
    Shares

    मैले भन्या प्रचण्डले नमान्दा ओलीले उनलाई लात मारे भन्दै देउवाले प्रचण्डलाई किन भने खुच्चिङ्ग पर्यो 

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दह्रो संग खुट्टा टेक्न नसक्दा प्रधानमन्त्री केपी शर्मा ओलीले उनैलाई लात हानेको बताएका छन् ।

    आज राजधानीमा निजामती कर्मचारी युनियन संघको विधान अधिवेशन उद्घाटन गर्दै देउवाले आफ्नो सुझाव नमान्दा प्रचण्डले दुःख पाएको बताएका हुन् ।

    देउवाले २०७४ को निर्वाचनपछि प्रचण्डलाई आफूले प्रधानमन्त्रीको प्रस्ताव गरेको उनले सुनाए। ओलीलाई सत्ता सुम्पिँदा अहिले प्रचण्डको यो हबिगत बनेको उनको भनाइ छ। ‘मैले प्रधानमन्त्री बन्नुस् भन्दा मान्नुभएन। सत्ता बुझाउनु भयो। प्रचण्डले खुट्टा टेक्न नसक्दा ओलीले लात हाने,’ उनले भने । 

    आफ्नो निवासमा आज तीन दलको बैठक बोलाएको सुनाउदै उनले त्यो बैठकमा सरकार गठनबारे छलफल हुने बताए । नयाँ सरकार बन्ने अवस्था नहरे चुनावमा जानुपर्ने उनको भनाइ थियो । ‘नयाँ सरकार बनेन भने चुनावमा जानुको विकल्प छैन । हामी तयार हुनुपर्छ,’ उनले भने। देउवा चुनाबमा जान हतार गरिरहेका छन् ।

    प्रकाशित मिति :चैत्र २७ २०७७ शुक्रवार - १४:४२:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij