Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

राष्ट्रपतिद्वारा कलाकारलाई मानपदवी वितरण, कसले पाए कुन पदक ?

राष्ट्रपतिद्वारा कलाकारलाई मानपदवी वितरण, कसले पाए कुन पदक ?


  • 10.1K
    Shares

    राष्ट्रपतिद्वारा कलाकारलाई मानपदवी वितरण, कसले पाए कुन पदक ?

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिलाई आज शीतल निवासमा आयोजित समारोहमा विभिन्न मानपदवी, अलङ्कार र पदकबाट सुशोभन गरेकी छिन् ।

    २०७६ सालमा घोषित विभूषण प्राप्त गर्नेमा निर्देशक दिनेश डीसी र अभिनेता निखिल उप्रेती छन् । डीसी र उप्रेतीले प्रबल जनसेवा श्री पदक प्राप्त गरे ।

    कीर्तिमय राष्ट्रदीप चतुर्थ श्रेणी पदकबाट गायक बद्री पंगेनी, हाँस्यकलाकार मनोज गजुरेल, गायक धीरज राई, निर्देशक फूलमान वल, संगीतकार सुरेश अधिकारी, एकनारायण भण्डारी, अभिनेत्री बसुन्धरा भुषाल, कवि श्रवण मुकारुङ लगायत छन् ।

    २०७७ सालमा घोषित विभूषण प्राप्त गर्नेहरुमा संगीतकार बुलु मुकारुङ, अभिनेता विल्सनविक्रम राई, उत्तम केसी, फिल्ममेकर मञ्जुकुमार श्रेष्ठ लगायत छन् ।

    नेपालको संविधानको धारा २७७ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा विभूषण प्रदान गरिँदै आएको छ ।

    संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७६ का अवसरमा २०७६ भदौ ३१ को निर्णयबाट विभूषण प्रदानका लागि ४५० लाई घोषणा गरिएकामा कोभिड–१९ का कारण कार्यक्रम हुन नसकेका कारण सुशोभन हुन नसकेकालाई पनि आजै सुशोभन गरिएको छ ।

    विभूषण ऐन, २०६४ को दफा ४ बमोजिम उपप्रधानमन्त्री र्ईश्वर पोखरेलको अध्यक्षतामा गृहमन्त्री रामबहादुर थापा, तोकिएका विज्ञ र गृहसचिव महेश्वर न्यौपाने सदस्यसचिव रहेको विभूषण समितिको बैठकले उक्त सिफारिस गरेको हो ।

    प्रकाशित मिति :चैत्र २७ २०७७ शुक्रवार - १४:३३:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij