२०८२ फाल्गुण ३० गते शनिवार
काठमाडौं । नेपाल पत्रकार महासंघ निर्वाचनमा अध्यक्षका उम्मेदवार विपुल पोखरेल निकै अगाडि देखिएका छन् । ४० जिल्लाको मतगणना गरिसक्दा पोखरेलले २५८० मत प्राप्त गरेका छन् भने प्रतिद्वन्द्वी निर्मला शर्माले १४२४ मत पाएकी छन् । अध्यक्षका अर्का उम्मेदवार गजेन्द्र बुढाथोकीले भने ११९ मत प्राप्त गरेका छन् ।
यस्तै, वरिष्ठ उपाध्यक्षमा विपुल पोखरेल प्यानलकै रमेश बिष्टले २४१३ मत पाएका छन् भने निर्मला शर्मा प्यानलका माधव नेपालले १३६७ मत प्राप्त गरेका छन् ।
केहीबेर अघि सकिएको काठमाडौंका सञ्चार गृहको मतगणनामा पोखरेलको पक्षमा ७० प्रतिशतभन्दा बढी मत परेको छ भने शर्माले ३० प्रतिशत मत प्राप्त गरेकी छन् ।
अब उपत्यका प्रतिष्ठानको मत गणना बाँकी छ ।
पछिल्लो मत परिणाम हेर्न तल दिइएको लिङ्कमा क्लिक गर्नुहोस् :
https://drive.google.com/file/d/1n-GeB8fPgOhajQq66OnDWIcaOyh-guA_/view
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij