२०८२ माघ १३ गते मंगलवार
काठमाडौं । एमालेको बागमती प्रदेशको इन्चार्ज बने पछि नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलले पार्टी त्यागेको जानकारी संसद सचिवालयलाई दिएको छ ।
केहीबेर अघि सुचना दर्ता भएको संसद सचिवालयका सह-प्रवक्ता दशरथ धमलाले जानकारी दिएका हुन् ।
त्यस्तै माओवादी केन्द्रले एमालेमा गएका राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्कालाई पनि कारबाही प्रक्रिया अगाडि बढाएको छ। उनलाई कारबाहीका लागि २४ घण्टे स्पष्टीकरण सोधिएको जानकारी शर्माले दिए ।
यसअघि माओवादी केन्द्रले एमालेमा गएका टोपवहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई समेत कारबाही गरिसकेको छ । पदमुक्त भएका उनीहरुको आजै पुनर्नियुक्ति र सपथ हुने कार्यक्रम छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij