२०८२ माघ १३ गते मंगलवार
काठमाडौं । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई दलबाट निष्कासन गरेको छ । राष्ट्रियसभाका अर्का सांसद चन्द्रबहादुर खड्कालाई स्पष्टीकरण सोधिएको छ ।
थापा र खड्का दुवै राष्ट्रियसभामा माओवादी केन्द्रबाट सांसद बनेका थिए । थापाले दल त्याग गरेको सूचना संसद् सचिवालयमा माओवादी केन्द्रका राष्ट्रिय सभाका सांसद दिनानाथ शर्माले दर्ता गराएका हुन् । थापा छ वर्ष र खड्का चार वर्षका लागि राष्ट्रियसभा सदस्य बनेका थिए ।
सर्वोच्चको फैसलापश्चात् थापा एमालेमा रहने निर्णय गरेका थिए । माओवादी केन्द्र छोडेका थापालाई राजनीतिक दलसम्बन्धी ऐन २०७३ दफा ३४ (१) अनुसार दल त्यागको सूचना संसद् सचिवालयमा दर्ता गरिएको हो ।
यसअघि माओवादी केन्द्रले प्रतिनिधिसभामा विजयी भई प्रधानमन्त्री केपी ओलीको सरकारमा सहभागी चार मन्त्रीलाई कारबाही गरेको थियो। सांसद पद गुमे पनि छ महिना मन्त्रीमा रहन पाउने संवैधानिक व्यवस्था छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij