२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । नेपालकै ठूलो इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंक कम्युनिकेसन्सले आउँदो नयाँ वर्षलाई लक्षित गरी ‘हर्षको नयाँवर्ष’ अफर ल्याएको छ ।
कोरोना महामारीले सन्त्रस्त बनाएको २०७७ सालको बिदाइसँगै नयाँ वर्ष २०७८ सालले सुख, समृद्धि र सुस्वास्थ्य ल्याउने आशा सर्वत्र छ । त्यही अपेक्षासाथ वर्ल्डलिंक ‘हर्षको नववर्ष’ अफर ल्याएको जनाएको छ । यो अफरमा कम्पनिले आफ्ना ग्राहकहरूले बाह्र महिनाका लागि २०, ४० वा ८० एमबीपीएसको प्याकेज लिँदा भने समग्रमा ६२ प्रतिशतसम्म छुट पाउनेछन् ।
यो बाह्रमहिने अफरमा २०, ४० वा ८० एमबीपीएस प्याकेजमध्ये एक मात्र लिँदा पनि हाम्रा ग्राहकहरूले बाह्रै महिना नेट टीभीको सेवा निःशुल्क पाउनेछन् । यसमा तीन महिना नेट टीभी प्राइम प्याकेज पनि पाउनेछन्, जसमा फिल्म हेर्न सकिनेछ ।
वाईफाईको उत्कृष्ट अनुभवका लागि डुएल ब्यान्ड राउटर सित्तैंमा उपलब्ध गराउनले पनि कम्पनीले जनाएको छ । यससँगै जडान, वायरिङ, युट्युब र अन्य सामग्रीको सुविधासहित सेटअप बक्स पनि निःशुल्क हुनेछ ।
‘नयाँ वर्ष उत्सवको समय भएकाले हामी आफ्ना नयाँ तथा पुराना ग्राहक महानुभावहरूले सामान्यतः शुल्क लाग्ने सेवाहरूमा बढीभन्दा बढी छुटसहित तीव्र गतिको इन्टरनेटको आनन्द उठाउनुहोस् भन्ने चाहन्थ्यौं,’ वर्ल्डलिंकका अध्यक्ष दिलीप अग्रवाल भने ।
उनले अगाडि थपे, ‘हाम्रा प्रिय ग्राहकहरूको खुशीका लागि हामी निरन्तर क्रियाशील रहिआएका छौं । यही सचेतताका कारण, ग्राहक महानुभावहरू आफ्ना घरबाहिर पनि अनलाइन रहन सक्नुहोस् भनी हामीले नेपालभर १० हजारभन्दा बढी हटस्पटहरूको सिर्जना गरेका छौं ।’
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij