Logo

२०८२ श्रावण ३१ गते शनिवार

२०८२ श्रावण ३१ गते शनिवार

सानिमा बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता

सानिमा बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता


  • 1.5K
    Shares

    सानिमा बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता

    काठमाडौं  । सानिमा बैंक र नेपाल क्लियरिङ हाउसबीच अन्तरदेशीय भुक्तानी गर्नेसम्बन्धी सम्झौता भएको छ । बैंक र क्लियरिङ हाउसबीच अलि पे नेटवर्क प्रयोगकर्तालाई सहजै अन्तरदेशीय भुक्तानी गर्न उक्त सम्झौता भएको जनाइएको छ ।

    यस सम्झौताअन्तर्गत अलि पेका प्रयोगकर्ताले नेपालमा डोमेस्टिक वालेटमार्फत भुक्तानी गर्न सक्नेछन् ।

    साथै चीन, हङकङ, सिंगापुर, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मंगोलिया, थाइल्यान्ड, दक्षिण कोरिया, स्वीडेन, इटालीलगायतका देशबाट नेपालमा आएका पर्यटकले पनि सोही वालेटमार्फत भुक्तानीको सेवा प्रयोग गर्न सक्नेछन् ।

    पर्यटक र अलि पे प्रयोगकर्ताले नेपालमा रहेका नेपाल पे क्यूआर र यसका इन्टेरोपेरेबल क्यूआरमा भुक्तानी गर्न सकिने बैंकले जानकारी दिएको छ ।

    प्रकाशित मिति :पौष ४ २०८१ बिहिवार - १२:४६:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij