Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

श्रीमानले  घाँटी थिचेर गरे श्रीमतीको हत्या

श्रीमानले  घाँटी थिचेर गरे श्रीमतीको हत्या


  • 9.2K
    Shares

    श्रीमानले  घाँटी थिचेर गरे श्रीमतीको हत्या

    रुपन्देही । रुपन्देहीको सियारीमा श्रीमानले  घाँटी थिचेर श्रीमतीको हत्या गरेका छन् । सियारी गाउँपालिका–३ हर्नैया गाउँका ६६ वर्षीय गनपत बानियाले ५५ वर्षीया कुश्मा बानियाको घाँटी थिचेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी सत्यनारायण थापाले बताए ।

    ‘बिहीबार बिहान सवा ३ बजे आफ्नै घरको कोठामा गनपतले कुश्माको घाँटी थिची कर्तव्य गरी मारेको खबरप्राप्त हुनासाथ हामी घटनास्थल पुग्यौं,’ उनले भने, ‘मृतक कुश्माको घाँटीमा शंकास्पद दागसमेत देखिएको थियो ।’

    श्रीमान् र श्रीमतीबीच यौनसम्पर्कको विषयलाई लिएर पटकपटक झगडा हुने गरेको प्रारम्भिक अनुसन्धानबाट फेला परेको थापाको भनाइ छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले गनपतलाई नियन्त्रणमा लिएको छ ।

    प्रकाशित मिति :चैत्र २७ २०७७ शुक्रवार - १३:१३:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij