Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

प्रचण्डले टाउकामा घन हानेपछि पदमुक्त भएका चार मन्त्रीको आजै पुनर्नियुक्ति, ५ बजे सपथ 

प्रचण्डले टाउकामा घन हानेपछि पदमुक्त भएका चार मन्त्रीको आजै पुनर्नियुक्ति, ५ बजे सपथ 


  • 5.6K
    Shares

    प्रचण्डले टाउकामा घन हानेपछि पदमुक्त भएका चार मन्त्रीको आजै पुनर्नियुक्ति, ५ बजे सपथ 

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)को कारबाहीका कारण पदमुक्त भएका चार मन्त्रीको आजै पुनर्नियुक्ति र सपथ हुने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले पदमुक्त भएका चारै जनालाई पुनर्नियुक्ति गर्न लागेका हुन् ।

    उनीहरुको आजै  ५ बजे शीतलनिवासमा शपथग्रहण कार्यक्रम राखिएको प्रधानमन्त्री निकट स्रोतले जानकारी दियो ।

    प्रतिनिधिसभा सदस्य नभएको व्यक्ति पनि ६ महिनासम्म मन्त्री हुन पाउने संवैधानिक व्यवस्था अनुसार माओवादीबाट एमाले बनेका नेताहरुलाई पुनर्नियुक्ति दिइएको हो ।

    ६ महिनाभित्र उपचुनाव हुनुपर्ने भएकाले टोपवहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी त्यतिन्जेल मन्त्री हुन पाउँछन् । उपचुनावमा उनीहरु एमालेबाट उम्मेदवार बन्ने निश्चित नै छ ।

    प्रकाशित मिति :चैत्र २७ २०७७ शुक्रवार - १३:०६:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij