Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

के-के घटना भएपछि देउवाले आफ्नै निवासमा प्रचण्ड सहितका नेतालाई डाके, यस्तो छ नालीबेली 

के-के घटना भएपछि देउवाले आफ्नै निवासमा प्रचण्ड सहितका नेतालाई डाके, यस्तो छ नालीबेली 


  • 5.1K
    Shares

    के-के घटना भएपछि देउवाले आफ्नै निवासमा प्रचण्ड सहितका नेतालाई डाके, यस्तो छ नालीबेली 

    काठमाडौं । राजनीतिक ल्याङ्ग ल्याङ्गको ब्रेक थ्रुका लागि आज (शुक्रबार) तीन दलबीच संवाद हुँदैछ । दिउसो ३ बजे  नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा)बीच छलफल हुने निश्चित भएको छ ।  

    आफ्नो पार्टीको निर्णयअनुसार कांग्रेस सभापति देउवाले माओवादी र जसपासँग संयुक्त छलफल गर्न लागेका हुन् । गत शुक्रबारको केन्द्रीय कार्यसमितिले केपी ओलीको राजीनामा माग्ने र नयाँ सरकार निर्माणका लागि अग्रसरता लिने निर्णय लिएको थियो । यो बीचमा काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले जसपा अध्यक्ष महन्थ ठाकुरसँग एक चरण कुराकानी गरेपनि तीन दलबीच छलफल हुन सकेको थिएन ।

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र देउवाबीच कांग्रेसले गरेको उक्त निर्णयका सन्दर्भमा टेलिफोन संवाद भने गरेका थिए  । प्रचण्डले काँग्रेसका निर्णयको स्वागत गर्दै देउवालाई धन्यवाद दिएर संवाद टुंगिएको थियो ।

    यस्तै प्रचण्डले जसपा अध्यक्ष ठाकुरसँग पनि टेलिफोन संवाद भएको थियो । समयको व्यस्तता देखाउँदा प्रचण्ड र ठाकुरबीच भेटघाटको वातावरण भने योबीचमा बन्न नसकेको थिएन । जसकारण माओवादी केन्द्रले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिन सकिरहेको छैन । ओली सरकारमा रहेका माओवादीबाट निर्वाचित सांसदमाथि कारबाहीको डण्डा बर्साएको माओवादीले समर्थन फिर्ता लिने सकेको छैन ।

    पार्टीभित्रको दबाब र आन्तरिक गृहकार्यपछि आज काँग्रेसको अग्रसरतामा पहिलोपटक त्रिपक्षीय छलफल हुनु लागेको हो । पार्टी निर्णयपछि एकहप्ता मौन देखिएका देउवाले आज बेलाइएको बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ । किनभने, काँग्रेस उपसभापति विमलेन्द्र निधि विहीबार मात्र केही दिनको भारत बसाइपछि नेपाल फर्किएका छन् ।

    केपी ओलीको पहिलो सरकार ढाल्न अग्रपंक्तिमा देखिएका निधिको भारत भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । ०७३ मा तत्कालीन एमाले–माओवादी गठबन्धन तोड्न गेम चेञ्जर भूमिका खेलेका थिए । तत्कालीन एमाले–माओवादी गठबन्धन तोडेर माओवादी–काँग्रेस सहकार्य सम्भव पारेपछि नेपाली राजनीतिका उनी गेम चेञ्जरका रुपमा देखिएका थिए ।

    चरम अविश्वासको तहमा झरेको काँग्रेस–माओवादी सम्बन्धलाई अविश्वसनीय रूपमै सहकार्यमा लगेर नयाँ सत्ता गठबन्धन बनाउने प्रमुख खेलाडी विमलेन्द्र नै थिए । यो पटक केपी ओली सरकार ढाल्न त्यति सहज भने छैन । ओली इत्तर गठबन्धनको सरकार बनाउन काँग्रेसका ६३ (दुई जना निलम्बित), माओवादीका ४९ (५३ मध्ये चारजना पदमुक्त) र जसपाका ३४ (दुई निलम्बित) सांसदको मत चाहिन्छ ।

    संसदको यो अंकगणितले ‘किङमेकर’ बनेको जसपालाई आ–आफ्नो पक्षमा पार्न एमाले र काँग्रेस– माओवादी केन्द्रले तानातान गरिरहेका छन् ।

    जसपा भने जुन गठबन्धनमा गए पनि निर्णायक हुने देखिएको छ । यही कारणले ओलीतिर मिले महन्थलाई प्रधानमन्त्री प्रस्ताव गर्ने र काँग्रेस–माओवादीतिर मिले बाबुरामलाई प्रधानमन्त्री बनाउने प्रस्ताव राजपा नेताहरुले राख्न थालेका छन् ।

    प्रकाशित मिति :चैत्र २७ २०७७ शुक्रवार - १२:४८:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij