२०८२ फाल्गुण ३० गते शनिवार
काठमाडौं । कीर्तिपुरस्थित चोभारको आदिनाथ जंगलमा लागेको आगो नियन्त्रणमा आएको छ ।
शुक्रवार बिहान उक्त क्षेत्रमा आगलागी भएको थियो । काठमाडौं महानगरपालिकाको दमकल, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको हो ।
काठमाडौंका एसएसपी अशोक सिंहले आगो लागेको केहीवेरमै नियन्त्रणमा लिइएको बताएका छन् । सल्लाको वन क्षेत्रमा यसअघि पनि पटकपटक आगो लागेको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij