Logo

२०८२ पौष २ गते बुधवार

२०८२ पौष २ गते बुधवार

सिंगटीको आईपीओ बाँडफाँड, १२ लाख ९५ हजारभन्दा बढी आवेदकको हात खाली

सिंगटीको आईपीओ बाँडफाँड, १२ लाख ९५ हजारभन्दा बढी आवेदकको हात खाली


  • 8.5K
    Shares

    सिंगटीको आईपीओ बाँडफाँड, १२ लाख ९५ हजारभन्दा बढी आवेदकको हात खाली
    images

    काठमाडौँ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक मेगा क्यापिटलले शुक्रबार ११ बजेपछि आईपीओ बाँडफाँड गरेको हो।

    सिंगटीले निष्कासन गरेको आईपीओमा १५ लाख ६५ हजार ५ सय ३० जनाले आवेदन दिएका थिए । जसमध्ये १५ लाख ५९ हजार ८ सय २ को आवेदन योग्य भएको र ५ हजार ७ सय २८ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।
      
    योग्य आवेदक १५ लाख ५९ हजार ८ सय २ जना मध्ये २ लाख ६९ हजार ७ सय जनाले समान १० कित्ताको दरले शेयर पाएका छन् भने १२ लाख ९५ हजार ८ सय ३० जना आवेदकको हात खाली भएको छ।  

    कम्पनीले चैत्र ६ गतेदेखि सर्वसाधारणका लागि एक सय रुपैयाँ अंकितदरका २९ लाख कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो ।

    जसमध्ये २ प्रतिशत अर्थात् ५८ हजार कित्ता कर्मचारीको लागि र ५ प्रतिशत अर्थात् १ लाख ४५ हजार कित्ता सामूहिक लगानी कोषको लागि छुट्याईएको थियो । बाँकी रहेको २६ लाख ९७ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन्।

    प्रकाशित मिति :चैत्र २७ २०७७ शुक्रवार - १२:४२:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij