Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

कोरोना संक्रमण बढ्न थालेपछि फिल्म हल बन्द गर्ने तयारी

कोरोना संक्रमण बढ्न थालेपछि फिल्म हल बन्द गर्ने तयारी


  • 6.7K
    Shares

    कोरोना संक्रमण बढ्न थालेपछि फिल्म हल  बन्द गर्ने तयारी

    काठमाडौँ । कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएसँगै सरकारले २५ जना भन्दा बढी भेला हुन रोक लगाउने तयारी गरेको छ ।

    स्वास्थ्य मन्त्रालयले २५ जना भन्दा बढी भेला हुन रोक लगाउने, विद्यालय, सिनेमा हल र पार्टी प्यालेस बन्द गर्नुपर्ने निष्कर्ष निकाल्दै सीसीएमसीमा सिफारिश पठाएको छ ।

    सीसीएमसीको आज बस्ने बैठकले यो बिषयमा निर्णय गर्ने बताइएको छ । सीसीएमसीले स्वास्थ्य मन्त्रालयले पठाएको सिफारिश अनुसार निर्णय गरेको खण्डमा पौषको २६ गतेबाट औपचारिक रुपमा सुचारु भएका चलचित्र भवनहरु बन्द हुनेछन् ।

    सरकारले १० महिनासम्म बन्द भएका हलहरु पौष २६ गतेबाट ५० प्रतिशत अकुपेन्सीमा संचालन गर्न दिने निर्णय गरेपछि केही नयाँ नेपाली चलचित्र रिलिज भएका थिए । तर, ती कुनै पनि चलचित्रले बक्स अफिसमा कुनै गतिलो व्यापार गरेनन् । ३ महिनादेखि हलहरु संचालनमा आएपनि दर्शकको उपस्थिती भने न्यून छ ।

    प्रकाशित मिति :चैत्र २७ २०७७ शुक्रवार - १२:३६:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij