Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

सांसद र मन्त्रीबाट पदमुक्त भएका चार नेता मन्त्री क्वार्टरमा परे अलपत्र, सपथ खान नपाऊँदा भयो बिचल्ली 

सांसद र मन्त्रीबाट पदमुक्त भएका चार नेता मन्त्री क्वार्टरमा परे अलपत्र, सपथ खान नपाऊँदा भयो बिचल्ली 


  • 5.4K
    Shares

    सांसद र मन्त्रीबाट पदमुक्त भएका चार नेता मन्त्री क्वार्टरमा परे अलपत्र, सपथ खान नपाऊँदा भयो बिचल्ली 

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले सांसदबाट पदमुक्त गरेका चार जनाले मन्त्री रहिरहन फेरि सपथ लिनु पर्ने भएको छ। हिजो  सांसदसँगै मन्त्रीबाट पनि पदमुक्त भएका टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट र गौरीशंकर चौधरीले फेरि सपथ लिनु पर्ने भएको हो ।

    उनीहरू फेरि मन्त्री नियुक्त हुन्छन् कि हुन्नन्रु भए भने सपथ कहिले हुन्छ भन्ने टुंगो भएको छैन। फेरि सपथ लिनु पर्ने भएकाले उनीहरू शुक्रबार भने मन्त्रालय जाने छैनन्।

    'हामी सपथको खबर कुरिरहेका छौं। प्रक्रिया मिलेपछि सपथ हुन्छ होला,’ पदमुक्त भएका प्रभु साहले भने,‘आज त मन्त्रालय जाँदैनौं।’

    संघीय सांसद नरहेका व्यक्तिलाई प्रधानमन्त्रीले ६ महिनाका लागि मन्त्री बनाउन सक्ने संवैधानिक व्यवस्था छ । माओवादी केन्द्र छोडेर आफूसँग आएका उनीहरूलाई प्रधानमन्त्री केपी शर्मा ओलीले अब त्यही व्यवस्थाअनुसार मन्त्री बनाउनु पर्ने छ । यसअघि उनले माओवादी छोडेर आएका मणि थापा र दावा लामालाई यही व्यवस्थाअनुसार मन्त्री बनाएका छन् ।

    प्रधानमन्त्री ओलीले उनीहरूलाई आजै मन्त्री नियुक्त गरेर सपथ गराउने सम्भावना कम छ ।

    प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले अहिलेसम्म नयाँ मन्त्री नियुक्तिको टुंगो भइनसकेको बताए । 'तयारी हुँदै होला,’ उनले भने ।

    सामाजिक सञ्जालमा भने थापाले यी चारै जनाले हिजो छविलाल दाहाललाई प्रचण्ड बनाएको भन्दै  उनीहरूको प्रशंसा गरेका छन् ।

    टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी- केवल पद प्रतिष्ठाको लागि राजनीति होइन, राजनीतिक निष्ठाको लागि सबथोक हैसियत त्याग गर्ने स्पिरिटसाथ लामो  यात्रामा अघि बढ्नुभएको छ । उहाँहरूले हिजो छविलाललाई प्रचण्ड बनाउन जीवन लगाएको गौरवमय इतिहास साक्षी नै छ,’ उनले लेखेका छन् ।

    राष्ट्रपति कार्यालय शितल निवासमा पनि मन्त्रीहरूको सपथका लागि बिहानसम्म कुनै तयारी भएको छैन । शितल निवासमा आज सुशोभन समारोह छ । २ बजेसम्म त्यही कार्यक्रम चल्ने भए पछि आज मन्त्रीको सपथ हुने नहुने टुंगो छैन ।

    प्रकाशित मिति :चैत्र २७ २०७७ शुक्रवार - १२:३६:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij