Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

भारतमा पूर्वराजा ज्ञानेन्द्रको ह्वात्तै बढ्यो भाउ, कसले गराऊँदैछ ज्ञानेन्द्रलाई शाही स्नान ?

भारतमा पूर्वराजा ज्ञानेन्द्रको ह्वात्तै बढ्यो भाउ, कसले गराऊँदैछ ज्ञानेन्द्रलाई शाही स्नान ?


  • 6.1K
    Shares

    भारतमा पूर्वराजा ज्ञानेन्द्रको ह्वात्तै बढ्यो भाउ, कसले गराऊँदैछ ज्ञानेन्द्रलाई शाही स्नान ?

    काठमाडौँ । भारत भ्रमणमा रहेका नेपालका पूर्व राजा ज्ञानेन्द्रको सम्मान गर्ने तयारी गरेको छ । हरिद्वारमा चलेको कुम्भमेलामा भारत पुगेका ज्ञानेन्द्रलाई महाराजाको मान र दरबार, नेपाली झन्डासहितको रथबाट शाही स्नान गराउने तयारी भएको छ ।

    उनी विहीबार भारतको नयाँ दिल्ली पुगेका थिए। शुक्रबार हरिद्वारमा उत्तराखण्डका मुख्यमन्त्री, केदारनाथका पिठाधिशलगायतले स्वागत गर्ने राजा ज्ञानेन्द्रले सोमबार शाही स्नान गर्ने बताइएको छ ।

    उत्तराखण्डका मुख्यमन्त्री तिर्थसिंह रावतले ज्ञानेन्द्रलाई राजाकै हिसाबमा स्वागत गर्नेछन् भने भारत सरकारका तीन तहका कडा सुरक्षा व्यवस्था छ । केन्द्रीय सरकार, उत्तराखण्ड सरकार र स्थानीय सरकारको सुरक्षामा ज्ञानेन्द्रले पत्नी कोमल शाहसहित उत्तराखण्डमा दुई दिन बस्ने र शाही स्नान गर्ने निश्चित भएको छ ।

    यसैबीच, उत्तराखण्डका पूर्वमुख्यमन्त्री, भाजपाका पूर्व केन्द्रीय उपाध्यक्ष तथा महाराष्ट्रका गभर्नर भगतसिंह कोसियारी, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलगायतले ज्ञानेन्द्रसँग गोप्य भेटवार्ता गर्नेछन् ।

    सो क्रममा नेपालको बदलिँदो राजनीति, व्यवस्था, हिन्दूत्वका विषयमा कुराकानी हुने बताइएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीनिकट रहेका भाजपाका नेपाल मामिला हेर्ने महासचिव राम माधवलगायतले पनि ज्ञानेन्द्रलाई भेट गर्ने उच्च स्रोतको दाबी छ । र भेटघाटको समय समेत मिलिसकेको श्रोतको भनाई छ ।

    प्रकाशित मिति :चैत्र २७ २०७७ शुक्रवार - १२:२९:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij