Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

राजनीतिलाई कोल्टो पार्न देउवा निवासमा तीनतिरका नेताको जमघट, देउवालाई किन पर्यो आतुरी ?

राजनीतिलाई कोल्टो पार्न देउवा निवासमा तीनतिरका नेताको जमघट, देउवालाई किन पर्यो आतुरी ?


  • 7.0K
    Shares

    राजनीतिलाई कोल्टो पार्न देउवा निवासमा तीनतिरका नेताको जमघट, देउवालाई किन पर्यो आतुरी ?

    नेपाली कांग्रेसको केन्द्रीय समितिले गरेको निर्णय अनुसारको पहलकदमी सभापति शेरबहादुर देउवाले एकसातापछि लिएका छन्। चैत २० मा बसेको केन्द्रीय समिति बैठकले ‘कांग्रेसको नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने’ गर्ने निर्णय लिएको थियो।

    प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय केन्द्रीय समिति बैठकले गरेको थियो। केन्द्रीय समितिले गरेका निर्णयलाई कार्यान्वयन गर्ने मुख्य जिम्मेवार प्राप्त देउवाले आफ्नो नेतृत्वमा सरकार बनाउन रुचि नदेखाएको भन्दै पार्टीमा समेत उनको आलोचना सुरु भएको थियो।

    देउवाकै अरुचिका कारण कांग्रेस–माओवादी केन्द्र–जनता समाजबादी संवादहिनता आएको बुझाइसमेत थियो। प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नका लागि प्रमुख प्रतिपक्ष दल र जसपा तयार नहुँदा संसदमा नयाँ सरकारको विकल्पले प्रवेश नपाएको माओवादी केन्द्रको बुझाइ थियो। संस्थापनइतरका नेताहरुलाई ‘थामथुम’ पार्ने प्रयास स्वरुप केन्द्रीय समितिमा निर्णय गरिएको समेत आरोप देउवालाई लागिसकेको थियो। यस अघि जसपाका नेता केशव झाले ओली हटाउन देउवा तयार नरहेको दाबी गरेका थिए।

    पार्टीभित्रको विवादलाई मत्थर पार्न देउवाले ‘देखाउनका लागि’ मात्रै निर्णय गराएको उनले विश्लेषण थियो। केन्द्रीय समितिको बैठकपछि जसपाका नेतासँग अनौपचारिक कुरा भएको उनले सुनाएका थिए। अर्कोतर्फ जसपाको महन्थ ठाकुर र राजेन्द महतो पक्षले कांग्रेसले गरेको निर्णयमा शंकासमेत व्यक्त गरेको छ। सरकारको नेतृत्व कांग्रेसले नै लिनेगरी भएको निर्णय छलफलमा विकल्प नराखिएको ठाकुर पक्षको आरोप छ।

    प्रधानमन्त्रीमा जसपाका सन्दर्भमा पनि छलफल किन हुन नसक्नेरु भन्दै कांग्रेसलाई प्रश्न तेर्साएका छन्। ओलीको विकल्पमा नयाँ सरकारका लागि आधार तयार नभएको बुधबार झापामा देउवाले बताएका थिए। उनको यो बोली विगतकै निरन्तरताको रुपमा आएको थियो। भन्दै आएको बोली झापामा दोहो¥याएका थिए। संख्याको अंकले अर्को सरकार बनाउन परिपक्व समय नआएको उनको भनाइ थियो। माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएकोप्रति उनले असन्तुष्टि जनाए। सरकारको नेतृत्व गर्न सरकार तयार भए पनि माओवादीका कारण अघिल्लो प्रक्रिया रोकिएको उनको तर्क थियो।

    देउवाको निष्क्रियता तथा जसपाको आशंकालाई मेट्न देउवाले आज तीन बजे  बैठक बोलाएका छन्। तीन दलीय गठबन्धन बन्ने वा आ आफ्नो बाटो लाग्ने आजको बैठकले तय गर्ने बताइएको छ। तीन दलीय गठबन्धन बनाउन सक्रिय भूमिका नखेल्नु र प्रधानमन्त्रीको राजीनामा जोडदार नउठाउनुमा देउवाको ओलीसँगको ‘अट्याचमेन्ट’ कायम रहेको कांग्रेसका नेताहरुको बुझाइ थियो। संसदमा अविश्वासको प्रस्तावका लागि विश्वासिलो आधार बनेपछि समर्थन फिर्ता लिने पक्षमा माओवादी केन्द्र छ।

    कांग्रेसले गरेको निर्णयले सुरुका दिनमा माओवादी केन्द्र आशावादी देखिएको थियो। गत शुक्रबार कांग्रेसले प्रधानमन्त्रीको राजीनामा माग्ने र आफ्नै पहलमा नयाँ सरकार बनाउने निर्णय प्रति प्रचण्ड उत्साहित भएका थिए। कांग्रेसको निर्णयप्रति खुसी व्यक्त गर्दै उनले गत शनिबार तौलिहवामा भनेका थिए, ‘काठमाडौंको राजनीतिक घटनाक्रम अलिकति फेरियो। खासगरी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको तत्काल राजीनामा माग गरेपछि र अर्को सरकार गठनको निम्ति पहल लिने भनेर हिजो (गत शुक्रबार) निर्णय लिएपछि देशको राजनीतिक परिस्थितिले कोल्टे फेरेको छ।’

    नयाँ सरकार बन्ने अवस्था आएको भन्दै उनले सभामा सहभागीलाई बधाई समेत बाँडेका थिए। प्रचण्ड उत्साहित बने पनि उनले सोचे मुताविक न कांग्रेस अघि बढ्यो, न जसपा। जसपाको ‘निर्णयविहीनता’ले माओवादी केन्द्रलाई थप निराश बनेको छ। पार्टीको निर्णय पछि पनि तीन दलबीच संवादहिनता एकसातासम्म रह्यो। पार्टी निर्णयको एक दिनपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले जसपा अध्यक्ष महन्थ ठाकुरलाई भेटेका छन्। तीन दलीय गठबन्धन बनाउन र त्यसका लागि खाका तयार गर्न संयुक्त पहलका लागि पौडेलले ठाकुरसँग आग्रह गरेका थिए।

    कांग्रेस र जसपासँग थप स्पष्ट हुन माओवादी केन्द्रले खोजिरहेको छ। ओली सरकारको बर्हिगमन वा उनकै पक्षमा रहने बारे अन्तिम निर्णय लिन माओवादी केन्द्रले ती दुई दललाई निर्णय लिन शुक्रबारको बैठकमा आग्रह गर्नेछ। देउवाप्रति पार्टी भित्र र बाहिर उठेका आशंका मेट्न तथा प्रचण्डले भने जस्तै ‘राजनीतिले कोल्टो फेर्ने’ आजको बैठकले निश्चित गर्नसक्छ।

    प्रकाशित मिति :चैत्र २७ २०७७ शुक्रवार - १२:१८:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij