Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

हिरो मोटोकर्पद्वारा एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आर सार्वजनिक, मूल्य कति ?

हिरो मोटोकर्पद्वारा एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आर सार्वजनिक, मूल्य कति ?


  • 1.9K
    Shares

    हिरो मोटोकर्पद्वारा एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आर सार्वजनिक, मूल्य कति ?

    हिरो मोटोकर्पले सार्वजनिक दुई नयाँ बाइकले एक्स्ट्रिम रेन्जमार्फत शक्तिशाली, आकर्षक र उत्कृष्ट अनुभव प्रदान गर्ने दाबी गरेकोे छ । एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आरले नेपालमा हिरो मोटोकर्पको नयाँ ब्रान्ड पहिचानलाई थप सशक्त बनाउनेमा कम्पनी विश्वस्त छ । एक्स्ट्रिम १६० आर फोरभी (प्रो) को मूल्य ३ लाख ८४ हजार ९ सय र एक्स्ट्रिम १२५ आरको मूल्य सीबीएस भेरियन्टका लागि २ लाख ८९ हजार ९ सय रुपैयाँ साथै एबीएस भेरियन्टका लागि ३ लाख ११ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

    सार्वजनिक यी दुवै मोडल नवलपरासीस्थित सीजी इन्डस्ट्रियल पार्कमा रहेको अत्याधुनिक असेम्ब्ली प्लान्टमा एक्सपल्स २०० फोरभी, सुपर स्प्लेन्डर, स्प्लेन्डर प्लस मोटरसाइकलहरू र जुम ११० स्कुटरसँगै असेम्बल गरिएको कम्पनीले जनाएको छ ।

    बाइक सार्वजनिक गर्न आयोजित कार्यक्रममा बोल्दै हिरो मोटोकर्पका कार्यकारी उपाध्यक्ष सञ्जय भानले भने, 'नेपालका परिवर्तनशील ग्राहकहरूको आवश्यकता पूरा गर्दै हाम्रो नयाँ उत्पादन लाइनअप र सेल्स नेटवर्कलाई पुनर्जीवित गर्नु हाम्रो मूल उद्देश्य हो । नयाँ एक्स्ट्रिम रेन्जको सुरुवातले हाम्रो ‘नयाँ नेपालको नयाँ हिरो’ ब्रान्ड थिमसँग मेल खाने गरी उत्कृष्ट उत्पादनहरू उपलब्ध गराउने प्रतिबद्धता झल्काउँछ । हामी आफ्ना ग्राहकहरूको अनुभवलाई अझ विशेष बनाउनेतिर केन्द्रित छौँ । यो नयाँ उत्पादन पोर्टफोलियोले नेपालका नयाँ पुस्ताका राइडरहरूसँग समन्वय स्थापित गर्दै बजारमा उत्साह फैलाउने र देशभर हाम्रो उपस्थिति विस्तार गर्न अझ बढी मद्दत गर्नेछ ।'

    चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले भने, 'नेपालमा एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आर प्रस्तुत गर्न पाउँदा हामी निकै उत्साहित छौँ । यी दुवै मोटरसाइकल नेपालको परिवर्तनशील बजार आवश्यकतासँग पूर्ण रूपमा मेल खान्छन् । नवीनतम प्रविधि, आकर्षक डिजाइन र उत्कृष्ट प्रदर्शनमार्फत यी मोडेलले ग्राहकहरूको यात्रा अनुभवलाई पुनः परिभाषित गर्नेछ । बहुउपयोगिता, स्टाइलिस शैली र उत्कृष्ट कार्यक्षमतामार्फत एक्स्ट्रिम मोटरसाइकलले शहरीयात्री तथा एड्भेन्चर प्रेमीहरू दुवैको आवश्यकतालाई सम्बोधन गर्नेछ । हिरो मोटोकर्पको विश्वास र नवप्रवर्तनको इतिहास तथा नेपालको भौगोलिक र उपभोक्ताहरूलाई प्राथमिकतामा राख्दै सीजी मोटर्सको अनुभवले यी मोटरसाइकलहरूमार्फत दुईपाङ्ग्रे सवारीसाधनको क्षेत्रमा नयाँ स्तर स्थापित गर्नेमा हामी विश्वस्त छौँ ।'

    हिरो मोटोकर्प सन् २०१४ मा नेपाल प्रवेश गरेको हो । कम्पनीले सुपर स्प्लेन्डर र एक्सपल्स २०० जस्ता चर्चित ब्रान्डले नेपालको बजारमा बलियो पकड जमाएका छन् । चौधरी ग्रुप, नेपालको एक प्रतिष्ठित व्यावसायिक समूह, हिरो मोटोकर्पको नेपालका लागि आधिकारिक वितरक पनि हो । १ सय ६० भन्दा बढी कम्पनी सञ्चालन गर्ने यस समूहसँग १५ हजारभन्दा बढी कर्मचारीहरूको बलियो टिम र १ सय २३ ब्रान्ड रहेका छन् ।

    सार्वजनिक नयाँ बाइकका विशेषताहरू

    एक्स्ट्रिम १६० आर फोरभी

    एक्स्ट्रिम १६० आर फोरभीले १६० सीसी सेगमेन्टलाई नयाँ उचाइमा पुर्‍याउँदै १६३ सीसी ४–भल्भबीएस–भीआई इन्जिन प्रदान गर्छ । यसले ८ हजार ५ सय आरपीएममा १६.९ पीएस पावर र ६ हजार ५ सय आरपीएममा १४.६ एनएम टर्क उत्पादन गर्छ । यो मोटरसाइकलले ०–६० किमि/घण्टा मात्र ४.४१ सेकेन्डमा पुग्ने नयाँ स्तर निर्धारण गरेको छ । उच्च गतिका लागि असाधारण क्षमता र उत्कृष्ट प्रदर्शनका साथ यो आफ्नो श्रेणीकै सबैभन्दा तीव्र गतिको मोटरसाइकल हो । यसलाई अझ उच्च स्तरको बनाउन ३७ एमएम केवाईबी इन्भर्टेड फ्रन्ट फोर्क र ७– स्टेप एड्जस्टेबल रियर सस्पेन्सनले ह्यान्डलिङमा सहजता र स्थिरता प्रदान गर्छ । केवल १४५ किलो तौल भएको यो मोटरसाइकल सजिलै मोड्न र चलाउन सकिन्छ । यसमा उपलब्ध पेटल डिस्क ब्रेकले शहरी सडक र राजमार्गहरूमा समेत कर्नरिङमा सहजता प्रदान गर्छ ।

    एक्स्ट्रिम १६० आर फोरभीमा मस्कुलर र एरोडायनामिक डिजाइनका साथमा विङ्लेटहरूसहितको रोबोटिक हेडल्याम्प, अन्डर काउल र हगर फेन्डर पनि उपलब्ध छ । यसमा सिङ्गल वा स्प्लिट सिटको उपलब्ध छ । साथै, आरामदायी यात्राका लागि डिजाइन गरिएको इर्गोनोमिक्सले खुट्टाका लागि अतिरिक्त स्थान र झुकाइएको ह्यान्डलबार रहेकाले गर्दा यात्रा अझ सहज हुनेछ ।

    यसमा फुल–एलईडी लाइटिङ प्याकेज, ब्लुटुथ कनेक्टिभिटीसहितको इन्भर्टेड स्पिडोमिटर, गियर पोजिसन इन्डिकेटर र कल/एसएमएस अलर्टलगायत सुविधाहरू पनि उपलब्ध छन् । यी सुविधाले राइड अनुभवलाई थप सहज र आधुनिक बनाउँछ ।

    एक्स्ट्रिम १२५ आर

    एक्स्ट्रिम १२५ आरले १२५ सीसी सेगमेन्टमा नयाँ स्ट्यान्डर्ड स्थापना गर्दै शक्तिशाली स्प्रिन्ट इन्जिन प्रदान गर्दछ । यसले ११.४ बीएचपी पावर उत्पादन गर्दै ०–६० किमि/घण्टा केवल ५.९ सेकेन्डमा पुर्‍याउने क्षमता राख्छ । प्रदर्शन र माइलेजको सन्तुलनका लागि यो उत्कृष्ट मोटरसाइकल हो । यसमा ईबीटी प्रणाली भएकाले थप सन्तुलित यात्राको अनुभव पाउन सकिन्छ । साथै, हिरोको आईथ्रीएस प्रणालीले इन्धनको वचत सुनिश्चित गर्नेछ ।

    एक्स्ट्रिम १२५ आरमा सेगमेन्टमै पहिलो प्रोजेक्टर एलईडी हेडल्याम्प, एलईडी टर्न सिग्नल र सिग्नेचर एलईडी टेल लाइट समावेश छन् । सेगमेन्टमै पहिलोपटक स्पोर्टी मफ्लर, ह्वील कभर र नेगेटिभ एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टरजस्ता फिचरहरूले यसलाई प्रविधिमैत्री र आकर्षक बनाएको छ । यस मोडेलमा दिइएको डायमन्ड फ्रेमले उत्कृष्ट ह्यान्डलिङको सुनिश्चितता प्रदान गर्छ । १२०/८० रियर टायर, ३७ एमएम फ्रन्ट सस्पेन्सन र ७–स्टेप एड्जस्टेबल मोनो–शकले स्थिरता र आरामदायी यात्रा प्रदान गर्ने कम्पनीको दाबी छ ।

    त्यस्तै, यस बाइकमा सुरक्षाका लागि सिङ्गल च्यानल एबीएस, २७६ एमएम फ्रन्ट डिस्क ब्रेक र हाजार्ड लाइटजस्ता सुविधाहरू पनि रहेका छन् । फायर स्टोर्म रेड, कोबाल्ट ब्लु र स्टालियन ब्ल्याकजस्ता आकर्षक रङमा यो मोडलका बाइकहरू उपलब्ध रहेको कम्पनीले बताएको छ । यस बाइकले नेपालका नयाँ पुस्ताका राइडरहरूमा लोकप्रिय बन्नेमा कम्पनी विश्वस्त रहेको छ ।

    प्रकाशित मिति :मंसिर २८ २०८१ शुक्रवार - १३:४३:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij