Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

प्रचण्डले डण्डा हान्दा सांसद पद गुमाएका ओलीका मन्त्रीको पद संविधानले खायो, यस्तो छ व्यवस्था ?

प्रचण्डले डण्डा हान्दा सांसद पद गुमाएका ओलीका मन्त्रीको पद संविधानले खायो, यस्तो छ व्यवस्था ?


  • 5.8K
    Shares

    प्रचण्डले डण्डा हान्दा सांसद पद गुमाएका ओलीका मन्त्रीको पद संविधानले खायो, यस्तो छ व्यवस्था ?

    काठमाडौं । आज बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्नि सापकोटाले नेकपा माओवादी केन्द्रका चार सांसदको पद खोसिएको सूचना सभामा सुनाएसँगै ती सांसदको मन्त्री पद पनि गुमेको छ। नेकपा माओवादी केन्द्रका सांसदहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले अन्य दलको राजनीतिक गतिविधिमा संलग्न भएको देखिएको भन्दै माओवादी केन्द्रले सांसदबाट हटाएको हो। 

    "उहाँहरू सांसदबाट हटेसँगै मन्त्री पदबाट पनि हट्नुभयो", पूर्वसभामुख एवम् प्रतिनिधिसभामा सत्तारूढ नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले भने, "मन्त्री बन्न अब उहाँहरूलाई प्रधानमन्त्रीले संविधानको अर्को धाराबाट नियुक्त गर्नुपर्छ।"

    संविधानको धारा ७८ मा संघीय संसदको सदस्य नभएको व्यक्ति मन्त्री हुन सक्ने व्यवस्था छ। तर त्यसरी मन्त्री भएको व्यक्तिले ६ महिनाभित्र प्रतिनिधिसभा वा राष्ट्रियसभामध्ये एकको सदस्यता प्राप्त गर्नुपर्नेछ।

    उनीहरूले अहिले संविधानको धारा ७६ को उपधारा ९ अनुसार मन्त्री भएका थिए। 

    संविधानविद् एवम् नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले पनि सांसद पद गएका व्यक्तिहरूले मन्त्री कायम रहन पुनस् सपथ ग्रहण गर्नुपर्ने बताए। 

    ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, सहरी विकासमन्त्री प्रभु साह र श्रममन्त्री गौरीशंकर चौधरीको सांसद संगै मंत्री  पद पनि गएको हो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको पत्रले सांसद पद गए पनि मन्त्री पद संबैधानिक ब्यबस्थाले गएको हो।

    प्रकाशित मिति :चैत्र २६ २०७७ बिहिवार - १६:३८:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij