Logo

२०८२ श्रावण ३१ गते शनिवार

२०८२ श्रावण ३१ गते शनिवार

नेप्सेमा सूचीकृत १३ बैंकले गरे लाभांश घोषणा, कसको कति ?

नेप्सेमा सूचीकृत १३ बैंकले गरे लाभांश घोषणा, कसको कति ?


  • 2.0K
    Shares

    नेप्सेमा सूचीकृत १३ बैंकले गरे लाभांश घोषणा, कसको कति ?

    काठमाडौं । लाभांश सिजन चलिरहेको छ । नेप्सेमा सूचीकृत विभिन्न क्षेत्रका कम्पनीहरुले धमाधम आफ्ना शेयरधनीलाई दिने लाभांश घोषणा गरिरहेका छन्। 

    हालसम्म १० वाणिज्य बैंक र ३ विकास बैंकले गत वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश घोषणा गरेका छन् ।

    सबैभन्दा धेरै लाभांश स्टान्डर्ड चार्टर्ड बैंकले गत वर्षको नाफाबाट ६.५० प्रतिशत बोनस सेयर र १९ प्रतिशत नगद लाभांश गरी कुल २५.५० प्रतिशत लाभांश घोषणा गरेको छ ।  

    एभरेष्ट बैंकले कुल १५.५३ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । नेपाल एसबीआई बैंकले १०.६५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ भने नबिल बैंकले १० प्रतिशत लाभांश दिने निर्णय गरेको छ। 

    नेपाल एसबीआई बैंकले सेयरधनीलाई  ३.८ प्रतिशत बोनस सेयर र करसहित ६.८५ प्रतिशत नगद लाभांश सहित कुल  १०.६५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । सिद्धार्थ बैंक लिमिटेडले गत वर्षको मुनफाबाट सेयरधनीहरूलाई कुल ४ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।

    ग्लोबल आइएमई बैंकले ५.५ प्रतिशत बोनस सेयर र  सिटिजन्स बैंकले ४.२१ प्रतिशत पनि लाभांश घोषणा गरिसकेको छ । प्राइम कमर्सियल बैंकले ५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरिसकेको छ ।

    नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)आफ्नो वित्तीय अवस्था थप सुदृढ र सबल बनाउन वितरणयोग्य मुनाफा सञ्चित गर्ने निर्णय गरेको छ । गत वर्ष निफ्राले ४.२१०५ प्रतिशत नगद लाभांश दिएको थियो ।

    एनएमबि बैंकको मंसिर २१ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने र गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीको लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको हो।

    यस्तै, विकास बैंकतर्फ कामना सेवा विकास बैंकले १२ प्रतिशत, मितेरी डेभलपमेन्ट बैंकले १० प्रतिशत र साइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ८ प्रतिशत लाभांश घोषणा गरेका छन् । 

    प्रकाशित मिति :मंसिर २३ २०८१ आइतवार - १४:३७:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij