Logo

२०८२ कार्तिक १९ गते बुधवार

२०८२ कार्तिक १९ गते बुधवार

शेरबहादुर देउवाको उत्तराधिकारी बन्ने गगनको दाउ, देउवाकै अगाडि शेखरविरुद्ध यसरी खनिए

शेरबहादुर देउवाको उत्तराधिकारी बन्ने गगनको दाउ, देउवाकै अगाडि शेखरविरुद्ध यसरी खनिए


  • 1.9K
    Shares

    शेरबहादुर देउवाको उत्तराधिकारी बन्ने गगनको दाउ, देउवाकै अगाडि शेखरविरुद्ध यसरी खनिए
    images

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र भाग खोज्नेले जिम्मेवारी पनि लिनुपर्ने बताएका छन् । कोशी प्रदेशको सम्मेलनमा विराटनगर पुगेका महामन्त्री थापाले नेता शेखर कोइरालालक्षित गर्दै भाग खोजेपछि जिम्मेवारी पनि लिनुपर्ने बताएका हुन् ।

    सभापति शेरबहादुर देउवासमेत सहभागी उक्त कार्यक्रममा उनले अहिले फरक विचार राख्नेले पनि पार्टीमा स्थान पाइरहेको बताए । सभापति देउवाको सधैं आलोचनामा रमाउने महामन्त्री थापा आज भने सकारात्मक देखिएका छन् ।

    ‘पार्टीमा फरक विचार राख्ने मान्छेलाई पनि समेट्नुपर्छ भनेर अहिले पनि भनिराख्नुभएको छ । जिम्मा पनि त लिनुपर्यो । भातृ संस्थामा पनि त हामीले सभापतिज्यूसँग ६०÷४० भनेर भाग लगायौं । अब भातृ संस्थाको अधिवेशन गर्ने कुराको जिम्मा त सबैले लिनुपर्यो नि त । हिजो हामी सबैले ६०÷४० भनेर भाग लिएपछि जिम्मा पनि लिनुपर्यो,’– नेता कोइरालालक्षित गर्दै उनले भने ।

    साथै, पार्टीको गत १४औंै महाधिवेशनमा शेखर प्यानलबाट महामन्त्रीमा विजयी भएका थापा देउवासँग नजिकिने प्रयासमा छन् । आगामी महाधिवेशनमा पार्टी सभापतिका दाबेदारसमेत मानिने थापा देउवासँग नजिकिएर संस्थापन पक्षको उम्मेदवार बन्ने कोशिस गरिरहेका छन् । उनले नेता कोइराललो गत मंगलबार कोशी प्रदेशमा गरेको भेलाको समेत विरोध गरे । ‘संयोजन नगरी गरियो भने मोरङको एउटा पालिकाले पालिकाभरीका सबै बोलाउँछु, जिल्ला सभापति बोलाउँदिन भन्यो भने‘।,’ महामन्त्री थापाले भने ।

    प्रकाशित मिति :मंसिर २२ २०८१ शनिवार - १७:२९:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij