Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

माओवादी केन्द्रका सांसदको संख्या घट्यो, चार सांसद पदमुक्त भएपछी कतिमा खुम्चियो माओवादी ?

माओवादी केन्द्रका सांसदको संख्या घट्यो, चार सांसद पदमुक्त भएपछी कतिमा खुम्चियो माओवादी ?


  • 6.3K
    Shares

    माओवादी केन्द्रका सांसदको संख्या घट्यो, चार सांसद पदमुक्त भएपछी कतिमा खुम्चियो माओवादी ?

    काठमाडौं । नेकपा माओवादी केन्द्र परित्याग गरेका ४ सांसद पदमुक्त भएका छन् । प्रतिनिधि सभाको बिहीबारको बैठकमा सभामुख अग्नि सापकोटाले माओवादी केन्द्रका तर्फबाट सांसद बनेका टोपबहादुर रायमाझी, गौरीशंकर चौधरी, प्रभु साह र लेखराज भट्ट सांसद पदमुक्त भएको जानकारी गराएका हुन् । 

    नेकपा माओवादी केन्द्रले चैत २५ गते संसद सचिवालयमा आफ्ना ४ सांसद एमालेको केन्द्रीय सदस्य बनिसकेको भन्दै दल त्यागसम्बन्धी विद्यमान कानूनमा भएको व्यवस्थाबमोजिम उनीहरुको स्थान रिक्त रहेको बारे जानकारी गराएको थियो। 

    सोही आधारमा सभामुख सापकोटाले रायमाझीसहित ४ जना पदमुक्त भएको र संसदमा माओवादी केन्द्रको ४ पदरिक्त हुन आएको जानकारी गराए। 

    राजनीतिक दलसम्बन्धी ऐन २०७३को दफा ३५ को उपदफा १ र प्रतिनिधि सभा नियमावली २०७५ को दफा २१२ को उपदफा १ बमोजिम उनीहरु पदमुुक्त भएको र उक्त स्थान रिक्त भएको सभामुख सापकोटाले बताए। 

    राजनीतिक दलसम्बन्धी ऐनको दफा ३१ अनुसार कुनै दलको तर्फबाट उम्मेदवार भई निर्वाचित भएको सङ्घीय संसदको सदस्य, प्रदेश सभाको सदस्य वा स्थानीय तहको सदस्यले त्यस्तो पदको पदावधि कायम रहेसम्म जुन दलको उम्मेदवार भई निर्वाचित भएको हो त्यस्तो दल त्याग गर्न नसक्ने उल्लेख गरिएको छ। यदि त्यसो गरिए, सोही दफाको उपदफा २ बमोजिम निज निर्वाचित भएको पदनिजले दल त्यागेको मितिदेखि स्वतः रिक्त भएको मानिने उल्लेख छ। 

    अब ऐन बमोजिम सदस्यको स्थान रिक्त भएको जानकारी सम्बन्धित सचिवालयले आयोगलाई पन्ध्र दिनभित्र दिनु पर्नेछ। प्रत्यक्ष निर्वाचित सांसदका हकमा उपनिर्वाचन र समानुपातिक सांसदका हकमा समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत निर्वाचित हुने व्यवस्था छ ।

    प्रकाशित मिति :चैत्र २६ २०७७ बिहिवार - १६:०२:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij