Logo

२०८२ श्रावण ३१ गते शनिवार

२०८२ श्रावण ३१ गते शनिवार

प्राइम कमर्सियल बैंकले ५ प्रतिशत नगद लाभांश दिने

प्राइम कमर्सियल बैंकले ५ प्रतिशत नगद लाभांश दिने


  • 1.1K
    Shares

    प्राइम कमर्सियल बैंकले ५ प्रतिशत नगद लाभांश दिने

    काठमाडौं ।  प्राइम कमर्सियल बैंक लिमिटेडको सत्रौं वार्षिक साधारण सभा यहि हिजो बुधबार सम्पन्न भएको छ ।

     आर्मी अफिसर्स क्लब भद्रकालीको सभाहलमा सम्पन्न भएको कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले साधारण सभाले अघिल्लो आर्थिक वर्ष २०८०/ ८१ को मुनाफाबाट सञ्चालक समितिद्वारा प्रस्तावित चुक्ता पुँजीको ५ प्रतिशत नगद लाभांश (कर सहित) दिने प्रस्तावलाई अनुमोदन गरेको बताएका छन् । 

    बैंकको चुक्ता पुँजी रु. १९ अर्ब ४० करोड २५ लाख ७५ हजार सात सय रहेको छ । सभामा अध्यक्ष श्रेष्ठले बैंकले अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा कर्जातर्फ ३० अर्ब ८६ करोड वा १८.९२ प्रतिशतले वृद्धि गरी कुल रु. १ खर्ब ९३ अर्ब र निक्षेपतर्फ ३६ अर्ब ९४ करोड अर्थात २०.६९ प्रतिशतले वृद्धि गरी कुल रु. २ खर्ब १५ अर्ब ५१ करोड पु¥याएको बताए । 

    बैंकले सञ्चालन मुनाफामा पनि गतवर्ष भन्दा १७.७२ प्रतिशतले बृद्धि गरी कुल रु. ७ अर्ब ५१ करोड आर्जन गरेको छ । 

    उनले सेयरधनीहरु माझ भने, यसले दीर्घकालिन रुपमा आफ्ना सेयरधनीहरुलाई बैंकले दिन सक्ने उच्चतम प्रतिफल प्रदान गर्न संस्थाको आर्थिक क्षमता अभिबृद्धि गर्दै लगेको र आगामी वर्षहरुमा सेयरधनीले प्राप्त गर्ने लाभांश बढाउँदै लैजाने छ । बैंकले बलियो रणनीति लिएको समेत बताए । 

     

    प्रकाशित मिति :मंसिर २० २०८१ बिहिवार - ११:३२:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij