२०८२ फाल्गुण ३० गते शनिवार
नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिको अध्यक्षमा देविराम देवकोटा विजय भएका छन् । प्रदेशको नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा देवकोटा नेतृत्वको संयुक्त प्यानल विजयी भएको हो ।
देवकोटा ४२९ मत प्राप्त गरी विजय भएका छन् । उनका प्रतिस्पर्धी दैलेखका विष्णु शर्माले ३२१ मत प्राप्त गरेका छन् । देवकोटा प्रेस युनिएन, प्रेस संगठन र माधव नेपाल समूहको प्रेस चौतारीसहितको प्यानलका साझा उम्मेदवार हुन् । ओली समूह निकट प्रेस चौतारीका विष्णु शर्मालाई विप्लन निकटका पत्रकारको साथ थियो ।
यस्तै उपाध्यक्षमा संयुक्त प्यानलकै दैलेखका चक्र केसी विजयी भएका छन् । उपाध्यक्ष पदका लागि तीनजनाको उम्मेदवारी थियो । जसमा केसीले ३१३ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी युनियन निकट नगेन्द्र उपाध्यायले २३८ र प्रेस चौतारीका पवित्र शाहीले २०४ मत प्राप्त गरेका छन् ।
महिला उपाध्यक्षमा संयुक्त प्यानलकै सुर्खेतकी विमला खड्का विजयी भएकी छिन् । खड्काले ४२८ मत प्राप्त गर्दा प्रतिस्पर्धी जुम्लाकी कृष्णमाया उपाध्यायले २२९ मत प्राप्त गरेकी छन् ।
महासचिवमा पनि संयुक्त प्यानलकै खगेन्द्रप्रसाद भट्टराई ४७० मतका साथ विजयी भएका छन् । उनका प्रतिस्पर्धी विप्लव निकट पत्रकार संगठनका तप्तबहादुर मल्ल (भौतिक)ले २७९ मत ल्याए ।
खुला सचिवमा सुर्खेतका पत्रकार दीपक बुढा (४५१), समावेशी सचिवमा अशोक राजी (४४६), कोषाध्यक्षमा गणेशकञ्चन भारती (४३७) विजयी भएका छन् ।
सदस्यमा ईश्वरीप्रसाद देवकोटा (४०५), कृष्णबहादुर वली (५३६), जीवन शाही (५५२), दीपकबहादुर जोशी (४१०), नन्दराज जैशी (४९६) सुवर्ण शाही (४४७) र सुरेन्द्रबहादुर सिंह (२४६) विजयी भएका छन् ।
यस्तै महिला सदस्यमा चिना विक (५६३), सुरिता बस्नेत (४६३) र देवका लामिछाने (४३७) विजयी भएकी छन् ।
नेपाल पत्रकार महासंघको निर्वाचनमा प्रदेश-२ का सात जिल्लामा मतगणना सकिएको छ ।
सप्तरी, महोत्तरी र सर्लाहीमा नेपाली काँग्रेस निकट प्रेस युनियनले जित निकालेको छ । रौतहट र पर्सामा नेकपा एमाले निकट प्रेस चौतारी, सिरहामा जनता समाजवादी पार्टी निकट प्रेस मञ्च र धनुषामा प्रेस संठनले नेतृत्व पाएको छ ।
सप्तरीमा देव निर्वाचित
महासंघ सप्तरी शाखाको अध्यक्षमा युनियनका श्रवण देव निर्वाचित भएका छन् । यहाँ युनियन र प्रेस संगठनको सहकार्य भएको थियो । देवले प्रेस चौतारीका मनोहर पोखरेललाई पराजित गरेका हुन् ।
यस्तै उपाध्यक्षमा प्रेस मञ्चका वैजनाथ यादव, महिला उपाध्यक्षमा प्रेस युनियनकी अम्बिका दाहाल, कोषाध्यक्षमा प्रेस संगठनका नवीन गुप्ता, सचिवमा प्रेस मञ्चका रामनारायण विश्वास, सह-सचिव (खुल्ला)मा प्रेस मञ्चकै चन्दन यादव र सह(सचिव (समावेशी)मा प्रेस संगठनका गोपाल गुप्ता विजयी भएका छन् ।
सप्तरी शाखाको सदस्य रहेका प्रदेशका कृषि मन्त्री शैलेन्द्र साह पनि मतदान गरेका थिए ।
तीन संगठनको मोर्चा असफल
यस्तै सिरहामा प्रेस संगठन, प्रेस युनियन र प्रेस चौतारीका संयुक्त उम्मेदवार हिरालाल चौधरीलाई पराजित गर्दै प्रेस मञ्चका मनोज बनैता यादवको प्यानल नै विजयी भएको छ ।
पराजित भएका चौधरी प्रेस संगठनमा आबद्ध छन् । उनी सिरहाकै धनगढीमाई नगरपालिकाका मेयर हरिनारायण चौधरीका भाइ हुन् । भाइहरूलाई जिताउन मेयर चौधरीले पनि पत्रकारहरूसँग भोट मागेका थिए ।
तर बनैता यूवा र योग्य भएकै कारण तीन संगठनको मोर्चालाई पनि परास्त गरे । उनले कोही पनि पराजित नभएको भन्दै सबैसँग सहकार्य गरी अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन् ।
उपाध्यक्षमा गणेशप्रसाद साह, महिला उपाध्यक्षमा रिँकुकुमारी दास, कोषाध्यक्षमा वीरेन्द्रप्रसाद नेपाल, सचिवमा शिव दयाल यादव, सह–सचिवमा राजेन्द्र महतो र सह(सचिव समावेशीमा दुर्गा परियार विजयी भएका छन् ।
धनुषामा महिलाको नेतृत्व
नेपाल पत्रकार महासंघ धनुषाले पहिलो पटक महिला नेतृत्व पाएको छ । यहाँ प्रेस संगठनमा केहिदिन अगाडि मात्र प्रवेश गरेकी मनिका झा अध्यक्षमा निर्वाचित भएकी हुन् ।
यस्तै उपाध्यक्षमा अवधेश कामत, महिला उपाध्यक्षमा नेहा झा, सचिवमा बटुकनाथ झा, सहसचिवमा निरञ्जन साह, सहसचिव समावेशीमा गोविन्द महतो र कोषाध्यक्षमा रामकमल महतो निर्वाचित भएका छन् ।
महोत्तरीमा पुनः मण्डल
नेपाल पत्रकार महासंघ महोत्तरी शाखाको अध्यक्षमा पुनः प्रेस युनियनका कमलेश मण्डल नै निर्वाचित भएका छन् । उनी प्रेस संगठनको सहकार्यमा मण्डल निर्वाचित भएका हुन् ।
यस्तै उपाध्यक्षमा हेम कुमारी बराल, महिला उपाध्यक्षमा सुनिता कुमारी, सचिवमा राजकरण महतो, सहसचिवमा रामनारायण महतो, सहसचिव समावेशीमा संजित मण्डल र कोषाध्यक्षमा अजय कुमार सिंह निर्वाचित भएका छन् ।
सर्लाहीमा क्षेत्री निर्विरोध
नेपाल पत्रकार महासंघ सर्लाही शाखाको अध्यक्षतामा प्रेस युनियनका टंकबहादुर क्षेत्री निर्विरोध चयन भएका छन् । आइतवार नै उनीसहितका सबै पदाधिकारी निर्वाविरोध चयन भएका हुन् ।
यस्तै, उपाध्यक्षमा अनवर अहमद्, महिला उपाध्यक्षमा पुस्तिका के।सी। ९पुष्पा०, सचिवमा सुनिल कुमार ठाकुर, सहसचिवमा घनश्याम सिंह, समावेशी सहसचिवमा स्वस्तिमा अधिकारी र कोषाध्यक्षमा अच्यूतम सापकोटा निर्विरोध चयन भएका छन् ।
रौतहटमा चौतरीका झा
नेपाल पत्रकार महासंघ रौतहट शाखाको अध्यक्षमा प्रेमचन्द्र झा निर्वाचित भएका छन् । उपाध्यक्ष प्रविण शर्मा, महिला उपाध्यक्षमा रजनी ठाकुर, सचिवमा मदन ठाकुर, कोषाध्यक्षमा धमेन्द्र साह, सहसचिव समावेशीमा संजय सहनी निर्वाचित भएका छन् । सह–सचिव खुल्लामा दिपेश पौडेल निर्विरोध चयन भएका थिए ।
पर्सामा तिवारीका प्यानल विजयी
नेपाल पत्रकार महासंघ पर्सा शाखामा प्रेस चौतारीका अनुप तिवारीको प्यानल नै निर्वाचित भएका छन् । उपाध्यक्षमा युवराज खड्का, महिला उपाध्यक्ष सुषमा शर्मा, सचिवमा भूषण यादव, सहसचिवमा जियालाल साह, सहसचिव समावेशीमा जितेन्द्र साह र कोषाध्यक्षमा सञ्जीवकुमार मिश्र विजयी भएका छन् ।
बाराको मत परिणाम सार्वजनिक भएको छैन ।
नेपाल पत्रकार महासंघ ललितपुर शाखा अध्यक्षमा सागर न्यौपाने विजयी भएका छन् । बुधबार भएको महासंघको २६ औँ महाधिवेशनमा विपुल पोखरेल प्यानलका न्यौपानेले २६७ मत प्राप्त भएका छन् । ललितपुरमा कूल मतदाता ४५४ रहँदा ३८३ मत खसेको निर्वाचन समिति सदस्य तथा ललितपुर बार एशोसियशनका अध्यक्ष अर्जुन महर्जनले जानकारी गराएका छन् ।
महासंघ म्याग्दी शाखाको अध्यक्षमा प्रकाश पौडेल निर्वाचित भएका छन् । आज बिहान सम्पन्न मतगणनाको नतिजा अनुसार ३० मत ल्याएर पौडेल अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी ठाकुरप्रसाद आचार्य (शिव)ले २७ मत प्राप्त गरेका छन् । बुधबार भएको मतदानमा ६२ मतदातामध्ये ५८ मत खसेकोमा एक मत खाली परेका थिए ।
उपाध्यक्षमा हरिकृष्ण गौतमले (२९), महिला उपाध्यक्षमा रुद्रकुमारी खत्रीले (३०), सचिवमा सन्तोष गौतम (२९), कोषाध्यक्षमा अमित विश्वकर्मा (३०), सहसचिवमा प्रमोद शर्मा (३२), समावेशी सहसचिवमा साधन घर्ती राम्जालीले (२९ मत) प्राप्त गरी विजयी भएका छन् ।
यसैगरी खुल्ला सदस्यतर्फ कृष्ण जिसी, सन्दिप खत्री, कमल खत्री, अमृत बाँस्कुने, सन्दिप शर्मा रिजाल विजयी भएका छन् । दलित सदस्यमा पदम विश्वकर्मा, समावेशी सदस्यमा नजराना सिंह ठकुरी विजयी भएका मुख्य निर्वाचन अधिकृत प्रेमबहादुर कार्कीले बताएका छन् ।
केन्द्रीय परिषद् सदस्य सविता बानियाँ र धु्रवसागर शर्मा, महिला सदस्यमा जेनिसा पुरी, जनजाती सदस्यमा सुदर्शनकुमार श्रेष्ठ, प्रदेश परिषद् सदस्यमा निर्मल खत्री, विक्रम बोगटी, अमर बानियाँ र देवीप्रसाद शर्मा निर्विरोध निर्वाचित भएका छन् ।
तनहुँ शाखाको अध्यक्षमा उज्वल पौडेल निर्वाचित
महासंघको बुधबार राति सम्पन्न महाधिवेशनमा पौडेलले ५७ मत ल्याएर निर्वाचित बनेका हुन् । उनका निकटम प्रतिद्वन्द्वी शेख मोहम्द हनिफ (गोरा मियाँ)ले ५३ मत ल्याएका थिए । मियाँ प्रेस युनियन तर्फबाट उम्मेद्वार बनेका थिए । पौडेल प्रेस मञ्च नेपालको केन्द्रीय सचिव छन् । तनहुँमा प्रेसमञ्च नेपाल र प्रेस चौतारीबीच गठबन्धन भएका थिए ।
त्यसैगरी उपाध्यक्षमा धनपति अधिकारी र अस्मिता खनाल, सचिवमा प्रताप राना, सहसचिवमा प्रकाश अधिकारी, सहसचिव समावेशीतर्फ मिला दरै, कोषाध्यक्षमा बिमला दुवाडी, सदस्यमा उपेन्द्र खनाल, किरण श्रेष्ठ, प्रकृति खनाल, राजेश्वर हड्खले, विकास खनाल, विष्णु गौतम, श्रीहरी पौडेल विजयी भएका छन्। त्यसैगरी महिला सदस्यमा सुनिता थापा, जनजाति सदस्यमा सिर्जना राना, महिला दलितमा मुना कालिराज विके निर्वाचित भएका निर्वाचन संयोजक कमलामोहन वाग्लेले जानकारी दिएका छन् ।
पर्वतमा सन्तोष थापा विजयी
नेपाल पत्रकार महासंघ पर्वतको अध्यक्षमा सन्तोष थापा विजयी भएका छन् । बुधबार राति सम्पन्न मतपरिणाम अनुसार थापा आफ्ना निकटतम प्रतिद्वन्द्वी अगन्धर तिवारी भन्दा २ मतको अन्तरमा विजयी भएका हुन् । थापाले २८ र तिवारीले २६ मत प्राप्त गरेका थिए । थापा प्रेस चौतारी निकट पत्रकार हुन् भने पराजित तिवारी प्रेस युनियन निकट छन् ।
त्यसैगरी उपाध्यक्षमा नारायण भुर्तेल, महिला उपाध्यक्षमा इन्दु तिवारी, सचिवमा राजबाबु पिसी, सहसचिव समावेशीमा दीपेश विक, सहसचिवमा निर्मल पौडेल, कोषाध्यक्षमा डिलबहादुर विक विजयी भएका छन् । त्यसैगरी महिला सदस्यमा रमा सुवेदी, अन्य समावेशी सदस्यमा गीताकुमारी शर्मा विजयी भएका छन् ।
खुल्ला सदस्यमा सुवास लामिछाने, माधव पराजुली, राजन पौडेल, विकासराज पौडेल र महेन्द्रबहादुर जिसी विजयी भएका छन् । दलित सदस्यमा लक्ष्मणकुमार सुनार र आदिवासी जनजातीतर्फ इन्द्रकुमार जोशी निर्विरोध निर्वाचित भएका छन् । केन्द्रीय परिषद् सदस्यमा गणेश पौडेल र रञ्जना खत्री निर्विरोध निर्वाचित भएका छन् भने प्रदेश परिषद् सदस्यमा लक्ष्मण सापकोटा, गणेश गिरी, कृष्णबहादुर अखेली र इन्दिरादेवी शर्मा विजयी भएका छन् । पत्रकार महासङ्घ पर्वतमा ५४ सदस्य छन् ।
पाल पत्रकार महासंघ लमजुङ शाखाको अध्यक्षमा परमेश्वर अधिकारी निर्वाचित भएका छन् । बुधबार भएको पत्रकार महासङ्घको निर्वाचनमा महासङ्घ लमजुङमा प्रेस युनियन र प्रेस सङ्गठन प्यानलका अधिकारी ३ मतले विजयी भएका हुन् ।
नवनिर्वाचित अध्यक्ष अधिकारीले २९ मत ल्याएका थिए भने प्रेस चौतारीबाट अध्यक्षका उम्मेदवार आश गुरुङले गुरुङले २६ मत ल्याएका छन् । त्यस्तै उपाध्यक्षमा भने प्रेस चौतारीका अनुज अधिकारी २९ मतसहित विजयी भएका छन् ।
उनका प्रतिस्पर्धी युनियनका सन्देश पौडेलले २६ मतसहित पराजित भएका छन् । महिला उपाध्यक्षमा युनियन–सङ्गठन प्यानलकी शान्ता कमली ३१ मतसहित विजयी हुँदा प्रेस चौतारीबाट बेलिना थापाले २४ मत प्राप्त गरेका थिए ।
सचिवमा युनियनका रुद्रहरि ढकाल ३० मतसहित विजयी हुँदा चौतारीका सरोज विकले २५ प्राप्त गरेक थिए । त्यस्तै समावेशी सहसचिवमा श्यामशीतल परियार, खुला सहसचिवमा युनियन–सङ्गठन प्यानलकै घनबहादुर घिमिरे ९जिवी०, आदिवासी जनजाति सदस्यमा युनियन–सङ्गठनकै भरत राना विजयी भएका छन् ।
खुला सदस्यमा अजितजङ्ग थापा, नीरज अधिकारी, दीपेन्द्र रेग्मी, ऋषिराम अधिकारी र सुजन बानियाँ विजयी भएका छन् । त्यसैगरी केन्द्रीय परिषद् सदस्यमा युनियन–सङ्गठन प्यानलकै सन्तोष पौडेल ३० मत ल्याएर जित हासिल गरेका छन् । यसअघि कोषाध्यक्षमा युनियन–सङ्गठनका रवीन्द्र लामिछाने, महिला सदस्यमा सिर्जना बराल र चौतारीका दलित सदस्यमा डिबी मजाकोटी निर्विरोध चयन भएका थिए । प्रदेश प्रनितिधिमा कृष्ण आले, विमला अधिकारी, कृष्ण अधिकारी र युवराज श्रेष्ठ पनि निर्विरोध चयन भएका छन् । बुधबार भएको महासङ्घको निर्वाचनमा लमजुङमा कूल ५६ मध्ये ५५ मत खसेका थिए ।
काभ्रेमा बद्रीराज विजयी
महासंघ काभ्रेपलाञ्चोकको बुधबार भएको निर्वाचनबाट प्रेस युनियनका बद्रीराज तिमल्सिना विजयी भएका भएका छन् । बुधवार सम्पन्न निर्वाचनको मत परिणामअनुसार तिमल्सिनाले निकटतम प्रतिस्पर्धी प्रेस चौतारीका नवराज बजगाईँलाई १७ मतको अन्तरले पछाडि पार्दै विजयी भएका हुन् ।
युनियन र प्रेस सङ्गठन नेपालको संयुक्त गठबन्धनको तर्फबाट अध्यक्षका उम्मेदवार तिमल्सिनाले ६८ मत ल्याए भने बजगाईँले ५१ मत प्राप्त गरेका छन् । त्यस्तै उपाध्यक्षमा प्रेस चौतारीका विनोद न्यौपानेले ६१ मत प्राप्त गरी प्रेस सङ्गठनका प्रल्हाद शर्मा हुमागाईँलाई पछाडि पार्न सफल भएका छन् । हुमागाईँले ५७ मत प्राप्त गरेका छन् । महिला उपाध्यक्षमा सुनिता सापकोटाले ६४ मत ल्याएर विजयी भएका छन् ।
त्यस्तै कार्यसमितिको सचिवमा युनियनका कपिल कोइराला, कोषाध्यक्ष चौतारीका केदारनाथ तिमल्सिना, खुला सहसचिवमा सरोज अधिकारी, समावेशी सहसचिवमा जगतमान बल तामाङ विजयी भएका छन् । सदस्यमा क्रमशः अशोक महत, देवराज केसी, मोहनकुमार तिमल्सिना, रञ्जित बोहोरा, सन्तोष न्यौपाने, सुकदेव थपलिया, शिवप्रसाद पन्त र सुरज श्रेष्ठ विजयी भएका छन् । कार्यसमितिको अपाङ्गता सदस्यमा रामचन्द्र अधिकारी, समावेशी सदस्यमा बद्री तिमल्सिना र महिला सदस्यमा सम्झना गौतम निर्विरोध निर्वाचित भएका छन्।
सोही दिन भएको निर्वाचनबाट केन्द्रीय परिषद सदस्यमा प्रदीप केसी र भुवन रायमाझी, प्रदेश परिषद् सदस्यमा नवराज सापकोटा, निरञ्जन गेलाल, भरत अधिकारी, रामचन्द्र दनुवार र लक्ष्मण तिमल्सिना विजयी भएका छन् । केन्द्रीय परिषद् महिला सदस्यमा यसअघि सरिता सापकोटा तथा प्रदेश परिषद् महिला सदस्यमा राज्यलक्ष्मी श्रेष्ठ, कविता शर्मा र सूर्यमाया दनुवार निर्विरोध निर्वाचित भएका थिए ।
पत्रकार महासंघ गोरखाको अध्यक्षमा सापकोटा विजयी
गोरखा- नेपाल पत्रकार महासंघ गोरखाको अध्यक्षमा नरहरि सापकोटा विजयी भएका छन् । प्रेस युनियनका उपसभापति समेत रहेका सापकोटाले प्रेस सेन्टर नेपालका उमेद्वार दीपक श्रेष्ठलाई पाँच मतको अन्तरले पराजित गर्दै विजयी बनेका हुन ।
२९ जना सदस्य रहेको गोरखा शाखामा सापकोटाले १७ मत प्राप्त गरेको निर्वाचन अधिकृत स्थानेश्वर दुवाडीले जानकारी दिए । उनका निकटतम प्रतिद्वन्द्वी दीपक श्रेष्ठले १२ मत प्राप्त गरेका थिए । महासंघको छैटौ अधिवेशनबाट दुई उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, दुई सहसचिव र सात सदस्य यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।
जसमा खुलातर्फको उपाध्यक्षमा नरेन्द्र ढकाल, महिला उपाध्यक्षमा रेनु श्रेष्ठ, सचिवमा विकास मरहट्टा, कोषाध्यक्षमा मोहसिन अलि मियाँ, सहसचिवमा गुणराज रोका र सहसचिव समावेशीमा केशव गुरुङ निर्विरोध निर्वाचित भएका हुन् । त्यस्तै सदस्य (खुला) तर्फ दानबहादुर गुरुङ, विमल श्रेष्ठ, राजेश पौडेल, सुजन न्यौपाने निर्विरोध निर्वाचित भएका छन् ।
दलित सदस्यमा सन्दिप सुनार, महिला सदस्यमा सस्मिता पन्त र आदिवासी जनजाति सदस्यमा उद्धव कुमाल निर्विरोध निर्वाचित भएका निर्वाचन समितिका संयोजक दुवाडीले जानकारी दिए । त्यस्तै केन्द्रिय परिषद सदस्यमा किशोरजंग थापा र प्रदेश परिषद सदस्यमा आत्माराम श्रेष्ठ चयन भएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij