Logo

२०८२ कार्तिक १९ गते बुधवार

२०८२ कार्तिक १९ गते बुधवार

म फेरि नयाँ ढंगबाट विद्रोहमा उत्रिसकेँ, सबैले साथ दिनोस् : प्रचण्ड

म फेरि नयाँ ढंगबाट विद्रोहमा उत्रिसकेँ, सबैले साथ दिनोस् : प्रचण्ड


  • 1.5K
    Shares

    म फेरि नयाँ ढंगबाट विद्रोहमा उत्रिसकेँ, सबैले साथ दिनोस् : प्रचण्ड
    images

    काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ ढंगको जनविद्रोहका लागि आफू अगाडि बढेको बताएका छन् । गणतन्त्र सेनानी कोषले बुधबार राजधानीमा आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै उनले विद्रोहका लागि जनयुद्ध लडेका शक्तिलाई समेत एकजुट हुन आग्रह गरे । 

    ‘मैले प्रतिनिधिसभाबाट फेरि विद्रोह सुरु गरिसकेँ । षड्यन्त्रकारीहरूले जालझेल गरेर आफ्ना शक्ति अगाडि बढाएका छन् । जनयुद्धमा जस्तै फेरि जनताको तागत देखाउने बेला आयो’, उनले भने, ‘क्रान्तिकारी योद्धाहरूलाई संगठित गर्ने, सबै क्रान्तिकारी पार्टीहरूलाई एकजुट गर्ने सडकमा विशाल शक्ति ल्याएर षड्यन्त्रकारीहरूलाई परास्त गर्न म जनयुद्ध लडेका पार्टी र योद्धाहरूलाई अपिल गर्छु ।’

    माओवादी जनयुद्ध जस्तो व्यवस्थित विद्रोह इतिहासमै नभएको उनले दाबी गरे । दलाल नोकशाह, पुँजीपति, बिचौलिया जस्ता जनयुद्धलाई अपमानित र अवमूल्यन गर्ने विरुद्ध लाग्न फेरि एकपटक लड्नुपर्ने बेला आएको प्रचण्डले बताए ।

    प्रकाशित मिति :मंसिर १९ २०८१ बुधवार - १५:५१:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij