Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

गण्डकी प्रदेशका सबै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम

गण्डकी प्रदेशका सबै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम


  • 5.4K
    Shares

    गण्डकी प्रदेशका सबै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम

    पोखरा । गण्डकी प्रदेशका सबै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भएको छ । प्रदेशका ११ जिल्लामध्ये स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन हुन बाँकी हिमालपारिका जिल्ला मनाङ र मुस्ताङमा बुधबारदेखि सो कार्यक्रम सञ्चालनमा आएको स्वास्थ्य बीमा बोर्ड गण्डकी प्रदेशका संयोजक जीवलाल खरेलले जानकारी दिनुभयो ।

    प्रदेशमा हालसम्म चार लाख ७५ हजार व्यक्तिको स्वास्थ्य बीमा भइसकेको जानकारी दिँदै उहाँले यसमध्ये ६४ हजार ज्येष्ठ नागरिक रहेको बताउनुभयो । उहाँका अनुसार  सात हजार ७०० अतिविपन्न परिवारको स्वास्थ्य बीमा गरिएको छ । ज्येष्ठ नागरिक तथा अतिविपन्न परिवारको सरकारले निःशुल्क स्वास्थ्य बीमा सेवा उपलब्ध गराउँदै आएको छ । रासस

    प्रकाशित मिति :चैत्र २६ २०७७ बिहिवार - १४:५३:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij