Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

समता फाउन्डेसनलाई नेपाल लाइफको १० लाख सहयोग

समता फाउन्डेसनलाई नेपाल लाइफको १० लाख सहयोग


  • 1.2K
    Shares

    समता फाउन्डेसनलाई नेपाल लाइफको १० लाख सहयोग

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत समता एजुकेसन फाउन्डेसनलाई १० लाख रुपैयाँ सहयोग गरेको छ ।

    कम्पनीका सञ्चालक कमलेशकुमार अग्रवाल र प्रमुख कार्यकारी अधिकृत ९सिइओ० प्रवीणरमण पराजुलीले समता एजुकेसन फाउन्डेसनका अध्यक्ष दीपक सञ्जेललाई १० लाख नगदको चेक हस्तान्तरण गरेका छन् । 

    कार्यक्रममा सञ्चालक अग्रवालले मासिक सय रुपैयाँमा आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई नर्सरीदेखि स्नाकोत्तर तहसम्म अंग्रे्रेजी माध्यमबाट गुणस्तरीय शिक्षा प्रदान गरिरहेको समतालाई धन्यवाद दिए । साथै, उनले शिक्षा क्षेत्रको यो अभियान राष्ट्र निर्माणमा कोसेढुंगा रहन जाने बताए ।

    त्यसैगरी, सिइओ पराजुलीले विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न सके राष्ट्रले दक्ष जनशक्ति प्राप्त गर्ने बताउँदै फाउन्डेसनलाई सहयोग गर्न १० लाख प्रदान गरिएको बताए । 

    त्यस्तै, फाउन्डेसनका अध्यक्ष सञ्जेलले २३ वर्षको इतिहास बोकेको समतामा आजको दिनमा देशका ७७ वटै जिल्लामा करिब ३० हजार विद्यार्थी अध्ययन गर्दै आएको बताए । हालसम्म विभिन्न संघ–संस्थाको सहयोगबाट विद्यालय चलिरहेको र सहयोगबाट मात्र सञ्चालन दीर्घकालीन नहुने हुँदा प्राप्त रकम अक्षय कोषमा रहने र त्यसको आम्दानीबाट विद्यालय सञ्चालन गरिने बताए । 

    प्रकाशित मिति :मंसिर १९ २०८१ बुधवार - १२:५७:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij