Logo

२०८२ कार्तिक १९ गते बुधवार

२०८२ कार्तिक १९ गते बुधवार

कीर्तिपुरका नवनिर्वाचित मेयर र वडाध्यक्षले २ बजे शपथ लिँदै

कीर्तिपुरका नवनिर्वाचित मेयर र वडाध्यक्षले २ बजे शपथ लिँदै


  • 1.5K
    Shares

    कीर्तिपुरका नवनिर्वाचित मेयर र वडाध्यक्षले २ बजे शपथ लिँदै
    images

    काठमाडौं । कीर्तिपुर नगरपालिकाका ननिर्वाचित प्रमुख (मेयर) र दुई वडाअध्यक्षले आज (मंगलबार) पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् ।

    शपथ कार्यक्रम आज दिउँसो २ बजे कीर्तिपुर नगरपालिकाको सभाहलमा गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    कीर्तिपुर नगरपालिकाको मेयरमा कांग्रेसका कृष्णमान डंगोल पाँच हजार ३३४ मत प्राप्त गरी विजयी भएका छन् । सोमबार राति सकिएको मतगणनामा उनका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का शिवशरण महर्जनले चार हजार ५५५ मत प्राप्त गरे ।

    यस्तै, नेकपा (एमाले)का सुरेन्द्र मानन्धरले चार हजार ३२७ र स्वतन्त्र उम्मेदवार राजमान महर्जन ‘मानव’ले दुई हजार ३६ मत पाए ।

    कीर्तिपुर नगरपालिका–१ मा कांग्रेसका इच्छाकुमार महर्जन ५६२ मत पाई निर्वाचित भए भने एमालेका हर्ष महर्जनले ४९८ मत पाए ।

    यसैगरी वडा नं ४ मा कांग्रेसका राजेन्द्र बानियाँ विजयी भए । उनले ७४२ मत पाउँदा स्वतन्त्र उम्मेदवार पविता खड्का (अधिकारी)ले ४९५ मत पाइन् ।

    प्रकाशित मिति :मंसिर १८ २०८१ मंगलवार - १३:१९:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij