२०८२ कार्तिक १९ गते बुधवार
हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी देवकी तिमल्सिना विजयी बनेकी छन् । सोमबार सम्पन्न स्थानीय तह उपचुनावको मतगणनाअनुसार तिमल्सिनाले नेपाली कांग्रेसकी सविता बुढालाई हराएकी हुन् ।
तिमल्सिना १६ सय ३७ मतसहित निर्वाचित भएकी हुन् । निकटतम प्रतिस्पर्धी कांग्रेसकी सविता बुढाले १५ सय ९४ मत ल्याइन् । यस्तै, एमाले उम्मेदवार जाना शाहीले ११ सय ३२ मत प्राप्त गरेकी छन् भने राप्रपाले ५१, रास्वपाले २५ र स्वतन्त्र उम्मेदवारले ९ मत पाएका छन् ।
यसअघि पनि सर्केगाडको उपाध्यक्ष माओवादीले जितेको थियो । २०७९ मा कांग्रेस–माओवादी गठवन्धनबाट उपाध्यक्षमा विजयी भएका माओवादीका चन्द्रसिंह कार्कीको गत ४ भदौमा सुर्खेतबाट नेपालगञ्जतर्फ जाँदै दुर्घटनामा परी मृत्यु भएको थियो ।
उनले एमालेकी जुनकुमारी फडेरालाई ३ हजार २ सय ६९ मत प्राप्त गरी पराजित गरेका थिए । उपाध्यक्षमा विजयी भएकी तिमल्सिना कर्णाली प्रदेश योजना आयोगका पूर्व सदस्य डाक्टर दिपेन्द्र रोकायाका श्रीमती हुन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij